‘बबई उद्योग व्यापार,कृषि पर्यटन तथा सूचना प्रविधि महोत्सव’को आज उद्घाटनः झाँकी प्रर्दशनको तयारी हुदैँ

महोत्सव स्थलमा बिहानैदेखी चहलपहल सुरु

बर्दिया,माघ १४ । बर्दियाको भुरिगाउँमा आजबाट सुरुहुने सुचना,प्रविधि तथा कृषि महोत्सव २०७३को विहान १२ बजे औपचारीक उद्घाटन हुने भएको छ ।

बबई नगर उद्योग वाणिज्य संघ भुरिगाउँको आयोजनामा संचालन हुनलागेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएसँगै आज बिहानैदेखी महोत्सव हुने (सिंहवाहिनी खेल मैदान) क्षेत्रमा स्थानीयवासीको चहलपहल समेत बढेको छ ।

महोत्सवको विषयमा हरपल नेपाल डटकमसँग कुरागर्दै आयोजक संस्थाका अध्यक्ष युवराज अधिकारीले भने–‘सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको उद्घाटन गर्न आउने अतिथिको अझै फिक्स भएको छैन । हामीले प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यक्रममा आमन्त्रण गरेका छौ । महोत्सव १२ बजेतिर उद्घाटन हुन्छ ।’

त्यसैगरी स्थानीय स्तरमा महोत्सव लाग्ने भएपछि स्थानीयवासीहरु बिहानैदेखी खुशी देखिएको र उनीहरुले महोत्सवबाट मनोरंजनका साथै व्यपारीक लाभ समेत लिने विश्वास गरिएको त्यहाँबाट हाम्रा सहकर्मिले जनाएका छन ।

महोत्सवमा १५० भन्दा बढि व्यपारीक स्टलहरु राखिने भएका छन भने भुरिगाउँको मुख्य चोकबाट बिहान स्थानिय संस्कृति झल्कीने बाजा सहितको झाँकी समेत निकालिने तयारी भएको छ ।

महोत्सवले स्थानीय कला,संस्कृती,कृषि र सुचना प्रविधीको विकास गर्ने आयोजकले विश्वास गरेको छ । मेलामा एक लाख भन्दा बढि मानिसहरु आउने अनुमान गरिएको छ ।