विप्लव माओवादीको महाधिवेशनसँगै विदेसिएका युवाहरु नेपाल फर्किए

युवालाई विदेसिनबाट रोक्ने विषयमा पार्टीसँग छलफल गर्ने 

काठमाडौं,माघ १३ । विप्लव माओवादीको प्रवास संगठनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व गर्दै रोजगारका लागि विदेसिएकाहरु स्वदेस फर्कने क्रम यतिबेला बढेको छ ।

नेकपा  (माओवादी) को आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको महाधिवेशनको लागि मलेसिया,कोरिया,कतार,दुबई लगायतको देशमा रोजगारीका लागि विदेसिएकाहरू स्वदेश फिर्ता हुनलागेका हुन् ।

देशमा रोजगारीको वातावरण नभएको कारण विदेसिन बाध्य उनिहरूले पार्टीको राष्टिय महाधिवेशनले वैदेशिक रोजगारबारे ठोस धारणा बनाउनुपर्ने र त्यो विषयमा पार्टीसँग छलफल गर्ने बताएका छन्।

वैदेशिक कामदरको हक,अधिकारको लागि एकीकृत जनक्रान्तिलाई अघि बढाउन विदेशबाट कस्तो खालको सयोग गर्न सकिन्छ  र नेपालीहरु बिदेसिन नदिन पार्टीले कस्तो खालको निति लिन्छ, त्यो विषयमा पार्टीसँग छलफल गर्ने उनिहरूले बताएका छन् ।

विदेसिएका युवाहरुको हितमा पार्टीले गर्न सक्ने समाधान,समन्वयन र अबको क्रान्तिले युवाहरूलाई देश जोगाउन कसरी सम्भव हुन्छ भन्ने विषयमा नेपाल पुगेर पार्टीसँग छलफल गर्ने कुरा पार्टीको महाधिवेशन प्रतिनिधिभै नेपाल फर्कने तयारीमा रहेका नेताहरुले मोर्चाको बैठकमा बताएका हुन।

जनप्रगतिशिल मोर्चा मलेसियाका महासचिव टिकाराम ओलीले हरपल नेपालसँग भने -‘मलेसियाबाट मोर्चाका सल्लाहकार तथा पुर्ब जनमुक्ति सेना मीन बहादुर सुनार ९तुफान० प्रतिनिधिको रुपमा नेपाल हिडिसकेका छन् ।’ उनले विदेसिएका नेपाली युवाहरु र राष्ट्रियताको विषयमा पार्टीसँग छलफल गर्ने बताएका छन् ।

पार्टीको महाधिवेशनले एकीकृत जनक्रान्तिको स्पस्ट कार्यदिशा र राष्ट्रियताको सवालमा व्यापक छलफल गर्ने उनिहरूले विश्वास लिएको बताएका छन्।