बर्दियामा हुने ‘प्रथम बबई उद्योग व्यापार,कृषि,पर्यटन तथा सुचना प्रविधि महोत्सव’को तयारी पुराः भोली उद्घाटन हुने
मेला अवधिभर चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने
बर्दिया,माघ १३ । बर्दियामा हुनलागेको सुचना,प्रविधि तथा कृषि महोत्सव २०७३को सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएका छ ।
भोलीबाट सुरुहुने उक्त महोत्सव माघ २४ गतेसम्म संचालन हुने आयोजक उद्योग वाणिज्य संघ भुरिगाउँका अध्यक्ष युवराज अधिकारीले हरपल नेपालसँग बताएका छन ।
अध्यक्ष अधिकारीका अनुसार बर्दियामा पहिलो पटक हुनलागेको सुचना,प्रविधि तथा कृषि महोत्सवमा स्थानीय कला,संस्कृति झल्कीने कार्यक्रमका साथै कृषि,सुचना र प्रविधि सम्बन्धी विविध प्रर्दशन गरिने छ ।
प्रथम बंबई उधोग व्यापार,कृषि,पर्यटन तथा सुचना प्रविधि महोत्सबको प्रमुख आकर्षणको केन्द्र उट रहेको आयोजकले जनाएको छ । महोत्सवमा उटको पनि अवलोकना गर्न पाइने छ ।
चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि हुने
महोत्सवमा नेपालका चर्चित कलाकारहरु रेखा थापा,ज्योति मगर,दुर्गेस थापा, प्रमोद खरेलका साथै अरु हाँस्य कलाकारहरु आउने आयोजकले जानकारी गराएको छ । आयोजकका अनुुसार महोत्सव अवधिभर दर्जन भन्दा बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरंजन प्रदान गर्नेछन ।
कलाकारहरुहरुद्धारा नृत्य,गित संगित,नाटक,हाँस्य तथा संन्देशमूलक प्रस्तुतिका साथै स्थानीय कला संस्कृती झल्कने साँस्कृतिक प्रस्तुतिहरु पनि प्रर्दशन गरीने छन ।
पहिलो दिन निशुल्क प्रवेश,विद्यार्थी र अशक्तलाई विशेष सुविधा
भुरिगाँउमा रहेको खेलमैदानमा हुने उक्त महोत्सव उत्घाटनको पहिलो दिन सबैका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अरु दिनको प्रवेशमा आयोजकले टिकटको व्यवस्था गरेकोे छ ।
महोत्सव स्थलको प्रवेशका लागि आम सर्वसाधारण नारिकलाई ५०,विद्यार्थीलाई ४० र समूहमा आउने विद्यार्थीहरुलाई ३० रुपैया प्रतिव्यक्तिका दरले टिकट लिनुपर्ने आयोजकले प्रावधान राखेको छ । तर बालवालिका,जेष्ठ नागरिक र अशक्त,असाहयहरुको लागि भने विशेष सुविधा प्रदान गरिने उसले बताएको छ ।
एक लाख भन्दाबढि मानिसहरु आउने अपेक्षा गरिएको उक्त महोत्सवमा १५० बढि स्टलहरु राखिने भएका छन ।
सहआयोजक क्यानद्धारा निशुल्क वाइफाइ सेवा प्रदान गरिने
उक्त महोत्सवको सह आयोजक समेत रहेको कम्प्युटर एसोसियसन नेपाल महासंघले मेला अवधिभर सबैल आगन्तुकहरुलाई निशुल्क वाईफाइ सुविधा प्रदान गर्ने बताएको छ ।
महोत्सव सह आयोजकले सहितका ५० भन्दा बढी सामाग्रीको बिक्री तथा प्रदर्शनी गर्ने लक्ष्य राखेको छ ।
सुचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणको प्रदर्शन हुने क्यानले जनाएको छ ।