दुई सय ७५ युवालाई व्यवसाय सञ्चालन गर्न बिनाधितो पाँचलाख दिइने

‘एक वडा १० युवा’ अभियान संचालन

काठमाडौं । राष्ट्रिय युवापरिषद्ले मुलुकभरका दुई सय ७५ युवा उद्यमीलाई व्यवसाय सञ्चालन गर्न बिनाधितो निःशुल्क पाँच लाख रुपैयाँ दिने भएको छ । युवा वर्गलाई उद्यमशीलतामा आकर्षित गराउने उद्देश्यले यस्तो परियोजना ल्याइएको परिषद्ले जनाएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार उद्यम गर्न चाहने युवाको समूहले पेस गरेको प्रस्तावका आधारमा उक्त रकम दिइनेछ । परिषद्ले यस परियोजनालाई ‘एक वडा १० युवा’ अभियान नाम दिएको छ ।

परियोजनाका अनुसार रकम लिन चाहनेले हरेक वडाबाट १० जनाको समूह बनाएर आफूले सञ्चालन गर्न खोजेको व्यवसाय र व्यवसाय सफल हुने आधारसहितको प्रसताव पेस गुर्नपर्नेछ । यसरी आएको प्रस्तावलाई छनोट गरेर एक निर्वाचन क्षेत्रमा न्यूनतम एक समूहलाई यस्तो रकम दिइने ढुंगेलले बताए ।

मुलुकभर हाल कायम रहेको दुई सय ७५ वटा निर्वाचन क्षेत्रलाई आधार मानेर रकम दिन लागिएको हो । व्यवसाय सञ्चालन गर्न चाहने १० जनाको समूहमा ५०प्रतिशत महिला हुनुपर्छ । समूहका हरेक सदस्य ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

व्यवसाय सञ्चालनका लागि दिइने रकमका लागि धितो राख्नु पर्दैन । उत्त रकम निःशुल्क हो । तर, यो रकम उद्यमीले पाँच वर्षभित्र परिषदलाई फिर्ता गरिसक्नु पर्नेछ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।