विश्वमा नेपाल १३१औं भ्रष्टाचार हुने मुलुक,दक्षिण एसियामा तेश्रो
सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार
काठमाडौं,माघिको १३ । नेपाल बढी भ्रष्टाचार हुने मुलुकमध्ये १३१औँ नम्बरमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको सन् २०१६ को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) मा बढी भ्रष्टाचार हुने विश्वका १७६ मुलुकमध्ये नेपाल १३१औँ नम्बरमा परेको हो ।
दक्षिण एसियाली मुलुकमा भने नेपाल भ्रष्टाचार बढी हुने तेस्रो मुलुक बनेको छ । नेपालले कुल एक सय स्कोरमा केवल २९ अंक ल्याएको छ । नेपालले अघिल्लो वर्षभन्दा दुई अंक सुधार गरेको हो ।
सन् २०१६ मा अघिल्लो वर्षभन्दा भ्रष्टाचार केही न्यून देखिए पनि नेपालले पाएको स्कोर धेरै कम रहेकाले भ्रष्टाचारको अवस्था परिवर्तन भएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।
दक्षिण एसियाका अन्य देशको अवस्था
दक्षिण एसियाली देशहरूमा अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक देखिएको छ । अफगानिस्तानले १५ अंक मात्र पाएको छ । भ्रष्टाचार बढी हुने मुलुकमा २६ अंकका साथ बंगलादेश दोस्रो, ३२ अंकका साथ पाकिस्तान चौथो, ३६ अंकका साथ माल्दिभ्स र श्रीलंका संयुक्त रूपमा पाँचौँ नम्बरमा छन् । भारतले ४० अंक पाएको छ । दक्षिण एसियामा भुटान मात्रै सुशासन कायम भएको मुलुकका रूपमा सूचीकृत भएको छ । भुटानले कुल एक सय स्कोरमा ६५ अंक पाएको छ । छिमेकी मुलुक चीन ४० अंक प्राप्त गरी ७९औँ स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार विभिन्न विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाले गरेका सर्वेक्षणको आधारमा सूची तयार पारिएको हो । सूचीमा १ सय अंक ल्याउने अति स्वच्छ, शून्य अंक ल्याउने अति भ्रष्ट, ५० अंक नकटाउनेलाई भ्रष्ट मुलुक भनिएको छ ।
१४ कम भ्रष्ट मुलुक
सबैभन्दा बढी ९०–९० अंक ल्याएर डेनमार्क र न्युजिल्यान्ड पहिलो कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । फिनल्यान्ड ८९, स्वीडेन ८८, स्विट्जरल्यान्ड ८६, नर्वे ८५ अंकसहित दोस्रो, तेस्रो, चौथो र पाँचौँ कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । यस्तै, सिंगापुर ८४, नेदरल्यान्ड ८३, क्यानडा ८२, जर्मनी ८१, लक्जमबर्ग ८१, युके ८१, अस्ट्रेलिया ७९, आइसल्यान्ड ७८ तथा बेल्जियम र हङकङ ७७ अंकसहित छौटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौ, चौधौँ कम भ्रष्ट मुलुक बनेका छन् ।
सोमालियामा सबैभन्दा धेरै भ्रष्टाचार
सोमालिया संसारको सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा दरिएको छ । प्रतिवेदनअनुसार सोमालियाले सबैभन्दा कम १० अंक प्राप्त गरेको छ ।
९०–९० अंक ल्याएर डेनमार्क र न्युजिल्यान्ड कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । फिनल्यान्ड ८९, स्विडेन ८८, स्विट्जरल्यान्ड ८६, नर्वे ८५ अंकसहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ कम भ्रष्टाचार हुने मुलुक बनेका छन् । त्यस्तै, सिंगापुर ८४, नेदरल्यान्ड ८३, क्यानडा ८२, जर्मनी ८१, लग्जम्बर्ग ८१ अंकसहित छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् । आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ ।