पार्टी सुधार्न दवाब दिदै माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यहरुले दिए संयुक्त राजिनामा

हस्ताक्षर सहितको राजिनामा पत्र केन्द्रीय कार्यालय पठाउने तयारी

सिन्धुपाल्चोक, माघ १२ । नेकपा माओवादी (केन्द्र) का ७० जना केन्द्रीय सदस्यहरुले संयुत्तरुपमा आज पार्टीलाई चुस्त बनाउनुपर्ने माग राख्दै राजीनामा दिएका छन ।

ति नेताहरुले माओवादी केन्द्र अहिले आकारमा ठूलो तर व्यबहारमा नेताहरु जिम्मेवार बिहिन भएको र धेरै भद्दा भएको कारण नेतृत्वलाई पार्टी सुधार्न दवाबका लागि संयुक्त राजिनामा दिएका हुन ।

राजिनामा दिने माओवादी केन्द्रका नेताहरुमा कृष्णप्रसाद सापकोटा,केशव नेपाल,दावा तामाङ,माधव सापकोटा,सरल सहयात्री पौडेल,राजकुमार श्रेष्ठ,युवराज दुलाल,अमृता नेपाल लगायत ७० रहेको त्यहाबाट आकाश देवकोटाले जनाएका छन ।

माओवादी केन्द्र सिन्धुपाल्चोकको आयोजनामा जिल्ला सदरमुकाम चौतारामा सम्पन्न प्रथम एकता भेलाको कार्यक्रमबीच जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा दिएका हुन ।

उक्त एकता भेलामा बोल्ने नेताहरुले पार्टीको केन्द्रीय समिति भद्दा र ठूलो भएको भन्दै आफुहरुले सामुहिक राजिनामा गरेर पार्टी नेतृत्वलाई कमजोरी सुधार्न दवाब दिएको बताए । नेता युवराज दुलालले पाटी निर्माणको बहस सिर्जना आफु सहित ७० जना केन्द्रीय नेताहरुले राजीनामा दिएको जनाएका थिए ।

नेता दुलालले गरेको पार्टीबाट राजिनामा गर्ने प्रस्तावलाई ७० जना केन्दीय सदस्यहरुले हस्ताक्षर गरी केन्द्रीय पाटी कार्यालयमा पाइने उनीहरुले बताएका छन ।

पार्टीको पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले भने–‘हामी पद होईन पार्टी सुदृढ गर्न चाहान्छौ । हामी भएको केन्द्रीय समितिअत्यन्त भद्दा र बेकामको छ । हामी त्यसलाई हटाएर चुस्त बनाउनुपर्छ भन्ने मान्यता राख्छौ ।’