उद्योग वाणिज्य संघ भुरिगाँउको आयोजनामा माघ १४ देखि महोत्सव हुने
आज नगर सरसफाई कार्यक्रम सम्पन्न
बर्दिया,माघ १२ । बबई नगर उद्योग वाणिज्य संघ भुरिगाँउ बर्दियाले स्थानीय विकास र आर्थिक संवृद्धिका लागि महोत्सवको आयोजना गरेको छ।
उद्योग वाणिज्य संघ भुरिगाँउको आयोजनामा माघको १४-२४ सम्म महोत्सव हुन लागेको हो ।
बबई नगर उद्योग वाणिज्यसङ्घले आयोजना गरेको उक्त महोत्सवबाट स्थानीय शिप,कलाको विकास हुने आयोजकले विश्वास गरेको छ ।
वाणिज्य संघका अध्यक्ष युवराज अधिकारीले हरपल नेपालसँग कुरा गर्दै भने-‘दश दिनका लागि आयोजना गरिएको महोत्सवमा स्थानीय कला,शिप,उद्योग,व्यापारको विकासका साथै देश भित्र र बाहिर सम्म प्रचार प्रसार हुन्छ । हामी महोत्सवको तयारीमा जुटेका छौ । सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गर्दछु ।’
उद्योग वाणिज्य संघ भुरिगाँउले उद्योग,कृषि,पर्यटन तथा सुचना,प्रबिधी सम्बन्धी गर्न लागेको यो प्रथम महोत्सव हो । आयोजकले यस्ता महोत्सवहरू नियमित गर्ने योजना रहेको बताएको छ ।
उक्त महोत्सवको तयारीका लागि भुरिगाँउमा आज नगर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।