राप्रपा अध्यक्ष थापाले जिते हेटौँडा उपनगरपालिकाको वाडा सदस्य

केन्द्रीय पार्षद् हुन वाडा सदस्य जित्नुपर्ने प्रावधान

हेटौँडा,माघ १२ । राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका ६ को पार्र्टी वडा सदस्यमा निर्वाचित भएका छन ।

नगरपालिकाको वडा सदस्यमा निर्विरोध निर्वाचित हुनपुगेका राप्रपा अध्यक्ष थापाले आगामी फागुनमा हुन लागेको पार्र्टीको राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने विश्वाश व्यक्त गरे ।

उनले पार्र्टीका सम्पूर्ण मतदाताहरुको आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको स्थानीय निकायको तल्लो तह वडाको सदस्यमा निर्वाचित हुनुपर्ने बताए ।

राप्रपाले पार्र्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि उम्मेदार हुन वडा तहमा निर्वाचित भएको हुनुपर्ने प्रावधान राखेको बताएको छ ।