मलेसियामा रोजगारका लागि गएका माओवादी श्रमिकहरु जनयुद्ध दिवश मनाउने तयारीमा

समाज रुपान्तरणको अभियानमा लाग्ने प्रतिबद्धता

काठमाडौं,माघ १२ । आफ्नो देशमा भने जस्तो काम र आर्थिक आय आर्जन अवस्था नदेखेपछि परिवारको लालनपालन लागि विदेशिन बाध्य नेपालीहरु विदेशमा गएर पनि नेपालको चिन्ता र माया गर्ने गरेको बताउँछन ।

समाज परिवर्तनको नारामा तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्ध होस वा अन्य सामाजिक परिवर्तनका आन्दोलनहरु । जहिले पनि पहिलो मोर्चामा रहेर जिम्मेवारी सम्हाल्ने युवा पुस्ता दिनहु विदेशी भूमिमा आफ्नो रगत र पसिना खर्चन बाध्य छन, तर मन मगजमा समाज रुपान्तरणको आफ्नो जिम्मेवारीलाई बिर्सेका भने छैनन ।

लामो समय माओवादी आन्दोलनमा विभिन्न जिम्मेवारीमा सल्हालेका ति युवाहरु विदेशको पराइ ठाउँबाट पनि देशको चिन्ता गरिरहेका छन, समाज रुपान्तरणको लागि आफुहरु अझै संक्रिय भएको बताइरहेका छन , त्यहिबाट आफ्नो संगठन र जिम्मेवारी पुरा गर्ने उद्धोष गर्दैछन ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका युवाहरुले समाज परिवर्तनको लक्ष्यसहित त्तकालिन माओवादी पार्टीमा आफुहरु समाहित भएर क्रान्तिमा लामबद्ध भएको दिनलाई सामुहिक रुपमा स्मरण गर्ने र नयाँ ढंगले समाज रुपान्तरणको लागि अझै सक्रिय हुने प्रतिबद्धता जनाएका छन ।

नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाको केहिदिन अघि बसेको बैठकले सबै नेपाहीहरु एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवश मनाउने निर्णय गरेको हो । मोर्चाले मलेसियामा रहेका नेपालीहरुबीच भेटघाट र आत्मियता बढाउने सोचले त्यस्तो कार्यक्रम राखेको बताएको छ ।

विप्लप निकटको नेकपा (माओवादी)को प्रवास संगठन नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका महासचिव टिकाराम ओलिले हरपल नेपालसँग कुरागर्दै भने–‘ हामीले फेब्रवरी,आइतबारका दिन कामबाट समय निकालेर जनयुद्ध दिवस मनाउन्ने तयारी गरेका छौं । मलेसियामा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनी अनि देशभक्त सबैलाई आउनका लागि आग्रह गरेका छौ ।’

उनले एकीकृत जनक्रान्तिबाट पुरानो राज्ययवस्थाको अन्त्य र नयाँ जनवादी राज्यब्यव्स्थाको निर्माण गर्न नेकपा माओेवादीले चलाएको राष्ट्रियताको आन्दोलनमा लाग्नुको विकल्प नरहेको समेत बताए ।

नेपाली समाज रुपान्तरणको लागि पार्टीको आसन्न आठौं महाधिवेशनले राम्रो योजना ल्याउनेमा आफुहरु विश्वस्त रहेको भन्दै उनले आफुहरु प्रवासमै रहेर पनि समाज रुपान्तरणको आन्दोलनमा सक्रिय रहने धारणा राखें ।