विदेशमा मृत्यु हुने कामदारका परिवारलाई २० लाखको बीमा बीमा लागुगर्न प्रधानमन्त्रीको निर्देशन

आउँदो फागुन १ गतेबाट निर्देशन कार्यान्वयन हुने

काठमाडौँ, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई (म्यादी) जीवन बीमाबापत प्रतिव्यक्ति २० लाख रुपियाँ उपलब्ध गराउन निर्देशन दिएका छन ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरूङ र बीमा समितिका प्रतिनिधिहरूलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत यस्तो निर्देशन दिएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सरोकारवाला मन्त्रालय र अन्य निकायहरुलाई त्यस्तो निर्देशन दिदै प्रचण्डले आउँदो फागुन १ गतेबाट बीमाबापत प्रतिव्यक्ति २० लाख दिने काम कार्यान्वयन गर्न निर्र्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले ल्याएको बीमा सम्बन्धी नयाँ योजना यसअघि पाउँदै आएको रकमभन्दा यो दोब्बर हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको स्वास्थ्य बीमा सुविधा साबिकको भन्दा विस्तार गरी जीवन बीमा,आयको नोक्सानीलगायत सुविधाका साथै मिर्गौला फेल, क्यान्सरजस्ता १५ प्रकारका घातक रोग लागेमा थप पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ । बीमा सम्बन्धी यी व्यवस्थासँगै प्रधानमन्त्रीले निर्देशन गरेको बीमा रकम २० लाख रुपियाँ पुगेको हो ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले हाल १० लाख रुपियाँ म्यादी बीमाबापत रकम पाउने गरेकोमा पाँच लाख रुपियाँ घातक रोग बीमा थप गरेकोे पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

प्रचण्डले माघ १५ गतेदेखि लागू हुनेगरी घातक रोगबापत पाँच लाख बीमाङ्क बराबर बीमा हुने व्यवस्था गरिएको समेत बताए ।

प्रचण्डले भने–घातक रोग लागेर मृत्यु नभएको तर शारीरिक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा किरिया खर्च र शव ल्याउने खर्चबाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन्छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट तीन लाख र घातक रोगबापत पाँच लाख गरी कुल १८ लाख रुपियाँसम्म पाउन सक्नेछन ।’

बीमा गरिएको तर म्याद नसकिएकाहरूको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने विषयमा प्रचण्डले यसअघि नै स्पष्ट पारेका थिए ।

मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरीतीन महिनाभित्र क्षतिपूर्ति दिलाउन आवश्यक गृहकार्य गर्न उनले बीमा समितिलाई निर्देशन दिएका छन । म्याद नसकिएका नागरिकहरूले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन सकिने व्यवस्था गरिएको उनले जनाए ।

प्रचण्डले आजको मितिदेखि आउँदो वैशाख १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको बीमा नवीकरण नहँुदै मृत्यु, अङ्गभङ्ग वा बिरामी लगायत बीमा दाबी गर्न योग्य मानिसलाई कुनै क्षति पुगे बीमाले स्वतः सुविधा दिनुपर्ने बताएका छन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट कामदारलाई प्रदान गरिने रकमको अवधिसमेत लगाएतका विषयमा माघ १५ गतेभित्र वैदेशिक रोजगार नियमावली संशोधन गरी लागू गर्न र दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको विद्यमान व्यवस्थामा परिमार्जन गरि कामलाई जनपक्षिय बनाउन उनले श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन गरेका छन ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार असुरक्षित बन्दै गएको आफुले पनि सुनेको जनाउदै प्रचण्डले भने–‘त्यो रोजगारीदाता देशका कारणभन्दा पनि हाम्रा देशका कर्मचारी र वैदेशिक रोजगार कम्पनीका कारण भएको हो । अब हामीले सुधार गर्नुपर्छ ।’