मिटर उल्ट्याएर जनतालाई अन्धकार

बिँड तातेर हुँदैन पिँध तात्नुपर्छ

काठमाडौं,माघ १२ । ‘कसैले १० हजार दिन्छ, कसैले धेरै पनि दिन्छ, कहाँ–कहाँ गर्यो सम्झना छैन,’ यो भनाई प्रहरी हिरासतमा रहेका नेपाल विद्युत प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठको हो ।

‘सिल खोलेर मिटर उल्टो उमाउने अनि काम भइसकेपछि सिल लगाएर फर्कने हो, नियमित ग्राहक नै छन’, निजी कारमा विद्युत मिटरको सिल र अन्य उपकरणसहित काठमाडौं उपत्यकामा घुमिरहने सुमनलाई उद्धृत गर्दै महानगरीय प्रहरी अपराध महाशाखाका अनुसन्धान अधिकारीले भने ।

सुमनलाई सम्झना छैन, उनले पछिल्लो केही वर्षमा उपत्यकाका कति उद्योग, कारखाना, होटल र घरका मिटर उल्टो घुमाएर आफ्नो दुनो सोझ्याए । उनको आकासिएको आर्थिक हैसियतले अनुमान गर्न सकिन्छ– उपत्यकाका धेरै प्रतिष्ठत र अधिक मुनाफा हुने उद्योगमा मिटर लामो समयदेखि उल्टो घुम्दैछन । परिणाम सर्वसाधारणले १८ घन्टा अन्धकारमा विताउनुप¥यो ।

सुमन जस्तै प्रहरी हिरासतमा रहेका प्राधिकरणका कर्मचारी महादेव प्रधान मकवानपुर क्षेत्रका प्रतिष्ठित हुन् ।उनको आर्थीक हैसियत र हेलमेल ठूला दलका उच्च नेतादेसम्म रहेको उनी पक्राउपछि प्रहरीलाई आएका जिज्ञासा र अनुरोधसहितका टेलिफोनले प्रष्ट पार्छन । यो समाचार आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।