बाँकेका आधा दर्जन बढी संस्थाहरुको संयुक्त चेतावनीः शरीरमा आगो लगाउनेलाई तत्काल कारवाहि नगरे आन्दोलन गछौं

आगो लगाउने राजेन्द्र खटिक अझै फरार

नेपालगन्ज,माघ ११ । महिला मानवअधिकार रक्षक संजाल बाँकेले घरमा झगडा गर्दै श्रीमतीको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उनीहरुले दोषिलाई कार्वाहि नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

संजालको गत सोमबार बसेको बैठकले विहिवार राती रक्सी सेवन गरी राजेन्द्र खटिकले उनकी श्रीमती २३ बर्र्षीय अनिसा खटिककोे शरीरमा मट्टितेल खन्याएर आगो लगाएको घटना अमानविय भएको र दोषिलाई काून बमोजिम कारवाहिको गर्नु माग गरेको छ ।

महिला मानवअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले विज्ञप्ति सार्वजनिक गर्दै ज्यान मार्ने उदेश्यले शरीरमा आगो लगाउने राजेन्द्र खटिकलाई कडा कारवाही जगरिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘श्रीमतीको ज्यान मार्ने उदेश्यले जिउदो शरीरमा मट्टितेल खन्याएर आगो लगाउने श्रीमानलाइ तुरुन्त पक्राउगरी कानून बमोजिम ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउन प्रहरी प्रशासनसगं जोडदार माग गर्दछौ । दिनदहाडै महिलाको शरीरमा आगो लगाएर मार्ने प्रयास गर्नुले महिलाको बाँच्न पाउने अधिकारको हनन भएको संजानको ठम्याइ छ । साथै दोसीलाइ तुरुन्त पक्राउ गरी काूुन बमोजिमको कारवाहि नचलाए संजालले आन्दोलन गर्नुपर्ने आवस्था आउछ ।’

नेपालगंजकी २३ बर्षीय अनिसा खटिकलाई उनका २५ बर्र्षीय श्रीमान राजेन्द्र खटिकले केहि दिनअघि शरीरमा आगो लगाएका थिए ।

घाईते अनिसाको टाउको, घाटी, अनुहार, छाती जलेको थियो । नेपालगन्जमा उपचार हुन नसक्ने भएपछि हाल उनको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।

पिडित अनिसाको आर्थीक अवस्था अत्यन्त नाजुक रहेकाले महिला बालबालिका कार्यालय बाँकेको पहलमा उनलाई काठमाण्डौ पठाइउपचार गर्ने वातावरण मिलाईएको थियो । अस्पताल श्रोतका अनुसार उनको अवस्था अझै सामान्य हुन सकेको छैन ।

आगो लगाएर फरार भएका उनका श्रीमानलाई अझै प्रक्राउ गर्न प्रहरी सफल भएको छैन, प्रहरीले आफ्नो खोजीकार्य गरिरहेको बताउदै आएको छ ।

महिला मानवअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेल, द्धन्दपीडित तथा एकल महिला संजाल मध्यपश्चिमका संयोजक शोभा वि.सी.,फातिमा फाउण्डेसन नेपालगन्जका का.वा. अध्यक्ष मैमुना सिद्धिकि, एफा बाँकेका अध्यक्ष शोभना मिश्र,महिला संचार समुहका कोषाध्यक्ष कौसीला जैसी, कुरीति अन्त्य समाजका अध्यक्ष जयन्ती के.सी, साथी संस्था बाँकेका उपाध्यक्ष सरिता शर्मा, गैसस महासंघका उपाध्यक्ष सपना भट्टराइ लगाएतले संयुक्त रुपमा विज्ञप्ती निकाली उक्त घटनाको विरोध गरेका छन ।