९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्थापन गर्न लागि प्रधानमन्त्रीको निर्देशन

जनतालाई राहत मिल्ने कामहरु प्राथमिकतामा

काठमाडौं,माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

मंगलबार विहान शिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सम्बन्धीत मन्त्रालय र आयल निगमका पदाधिकारीहरुसँगको बैठकमा प्रधानमन्त्रीले त्यसतो निर्देशन दिएका हुन ।

प्रधानमन्त्री प्रचण्डले सम्बन्धीत पक्षहरुलाई ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्थापनको विषयमा पनि पनि जानकारी गराए ।

प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन ।

उनले जनतालाई के कसरी राहत दिने सकिन्छ,त्यो कामलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनमा लाग्न सल्लाह समेत दिएका छन ।