नेकपा (माओवाद) पाल्पाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न,२५ सदस्यीय समिति निर्माण

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता

पाल्पा,माघ ११ । विप्लव नेतृत्वको माओवादीले नेकपा पाल्पा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।
गत आइतबार सम्पन्न सम्मेलनले धिरजको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति निर्माण गरेको नेकपा (माओवादी)ले पाल्पाले हरपल नेपालसँग बताएको छ ।

तानसेनमा सम्पन्न जिल्ला सम्मेलनमा जिल्लाभरीबाट सर्यौ नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा (माओवादी) केन्द्रिय सदस्य एबं लुम्बिनी ब्युरो इन्चार्ज विरजङ्गले एकीकृत जनक्रान्तिको माध्यमबाट नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्य सहित पार्टी अगाडि बढिरहेको बताएका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले क्रान्तिको कार्यभार पुरा गर्नका लागि एकिकृत क्रान्तिको कार्यदिशामा अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

लुम्बिनी ब्युरो अन्तर्गतका सबै जिल्ला सेक्रेटरीहरु सहभागी रहेको उक्त सम्मेलनमा केन्द्रीय सदस्य प्रज्वलन,नवलपरासी सेक्रेटरी जुझारु,क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य एबं लुम्बिनी संयोजक प्रकाश डुम्रे लगायतले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी ब्युरोका कलाकारहरुले आफ्नो प्रस्तुति समेत रहेको प्रदर्शन गरेका थिए ।