सह निर्देशक सुरेश न्यौपाने सहित नम्रता श्रेष्ठको सवारी दुर्घटना

हातमा सामान्य चोट

काठमाडौं,माघ ९ । सुटिङ चलिरहेको फिल्म ‘पर्व’ को सुटिङ सकेर फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छिन ।

काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र निर्माण र्भरहेको फिल्म ‘पर्व’का सह निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको थियो ।

ट्याक्सीले भ्यानलाई ठक्कर दिएपछि उनीहरु दुर्घटनामा परेको थिए । दुर्घटनामा नम्रताको हातमा र सुरेशको खुट्टामा चोट लागेको नम्रताले हरपल नेपालसँग बताएकी छन ।

सुवास गिरी र निकिता पौडेलले संयुक्त रुपमा निर्माण गरिरहेको फिल्म ‘पर्व’ मा नम्रतासँग गायक तथा नायक कोशिस क्षेत्री मुख्य भूमिकामा देखिदैछन । उक्त फिल्मको निमार्ण कार्य भैरहेको बताइएको छ ।