भ्रष्टाचारीलाई कालोमोसो मात्र दलेर छाड्दैनौ, रत्नपार्क अगाडि ल्याएर कार्वाही गर्छौः विप्लव

लोकमानलाई कावार्हीगर्नेलाई अभिनन्नदन

काठमाडौं,माघ ९ । नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचारीहरुलाई आफ्नो पार्टीले कालोमोसो दलेर मात्र नछाड्ने बताएका छन । विप्लवले अब देशका सबै भ्रष्टाचारीहरुलाई रत्नपार्क अगाडि ल्याएर जनकावार्ही गर्ने उद्धोष गरे ।

आइतबार अनेरास्ववियू (क्रान्तिकारी )द्धारा आयोजित ‘दलाल संसदीय व्यावस्था र भ्रष्टाचारविरुद्धको आन्दोलनमा दृढतापूर्वक एवम् उच्च मनोबलका साथ लड्ने योद्धाहरुलाई अभिनन्दन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो उद्धोष गरेका हुन ।

विप्लवले लोकमान कार्की जस्तो भष्ट,जनआन्दोलनको हस्तक्षेपकर्ता,जनविरोधि मानिसलाई सर्वोच्व अदालत हातामै गएर कावार्ही गर्ने आफ्ना कार्यकर्ताहरुलाई अभिनन्दन गर्दै विशेष धन्यवाद समेत ज्ञापन गरें ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार,देशका दलाल र जनताका अपराधीहरुलाई कुनैपनि हालतमा नछाड्न युवाहरुलाई कडा निर्देशन समेत दिए ।

माओवादीले भ्रष्टहरुलाई कालोमोसो मात्र दलेर नबस्ने भन्दै उनीहरुलाई काठमाडौंका चोक चोकमा ल्याएर जनकावार्ही गर्ने विप्लवले खुल्ला चेतावनी दिए ।

लोकमान कार्की पैसा र विदेशी शक्तिको आडमा आयुत्त बन्न पुगेको र भन्दै उनले अयोग्य लोकमानलाई अख्तीयारको कुर्सिमा बसाउनेहरुलाई आफुहरुले त्यसै नछाड्ने बताए । उनले भष्टचार विरुद्धको अभियानमा युवाहरुलाई हौसलापूर्वक लाग्न आग्रह गर्दै भने–‘सबै सचेत र राष्टवादी युवाहरु योजना सहित जनकार्वाहीको काममा जुटिरहेका छन । अब सबै भ्रष्ट लोकमानहरुलाई कार्वाही गर्न धेरै चन्द्र बुढाहरु जुटिरहेका छन ।’

आफ्ना कार्यकर्ताहरुले सर्वोच्व अदालतमा गएर लोकमानलाई कालोमोसो दलेपछि धेरैले विप्लव माओवादीले कानूनलाई हातमा लिएको भन्ने खालको आरोप लगाएको भन्दै उनले भने–‘यो देशमा कानूनको अपमान प्रचण्ड,के.पी ओली,शेरबहादुर र सत्ताका मालिकहरुले गरिरहेका छन । कानून र रायमाझि आयोगले दोषी ठहर्याएका अपराधीहरु,जनविरोधी,अनी भ्रष्टहरुलाई जोगाएउदै दलाली गरेर उनीहरुले कानूनको खिल्ली उडाएका छन । हामीले त कानूनले दोषी भनेकाहरुलाई कार्वाही गरेर कानूनको सम्मान गरिरहेका छौ । ’

उनले बावुराम र प्रचण्डले कम्यूनिष्ट संस्कार छाडिसकेको र विदेशीको तलुवा चाड्ने दिशामा अघि बढेको आरोप लगाए ।

अहिले जनताको सत्ता नभएकाले जनहीतको काम गर्ने जो सुकै राष्टभक्त मानिसलाई जेल पठाइन्छ, तर हामी भ्रष्टहरुलाई कार्वाही गर्ने साहसी युवाहरुलाई अभिनन्दन गर्छौ । जनताको भावनाको सदै सम्मान गर्छौ– उनले भनें ।

उनले संसदीय व्यवस्थालाई मिल्काएर वैज्ञानिक समाजवादको क्रान्ति सम्पन्न नगरे सम्म भ्रष्ट,दलालहरुले जनतालाई दुख दिइरहने बताए ।

उक्त कार्यक्रममा कलाकार नवल खड्काले देशमा असमानता,अन्याय र उत्पीडन अझै हाबी रहेको अवस्थामा कानून र निति मानेर कहिल्यै मुक्ति नपाइने बताए ।
खड्काले जनताले क्रान्तिको माग गरिराखेको बताउदै आफुले कलाकारिता जगतबाट चेतना फैलाउने काम गरेको बताए ।

त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थी फ्याक्सन इन्चार्ज तथा पार्टीको केन्द्रीय सदस्य रबीले भ्रष्ट लोकमानलाई नियुत्ति दिनेहरुलाई नछाड्ने बताए । उनले सबै युवा,विद्यार्थीहरुलाई भ्रष्टचार विरुद्धको अभियानमा संक्रिय भएर लाग्न आग्रह समेत गरे ।

त्यसै गरी उक्त कार्यक्रममा लोकमान कार्कीलाई सर्वोच्च अदालत हातामै पुगेर कालोमोसो दलेका कारण एक महिनाको जेल सजाय भोगेर रिहा भएका चन्द्र बुढा र प्रकाश शाहीले जेल बसाइको अनुभूति सुनाएका थिए ।

उनीहरुले भ्रष्टहरुलाई कार्वाही गरेको कारण जेल जान पाउदा असाध्यै सन्तुष्टि मिलेको बताएका थिए ।