स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच सेनाको अस्पतालमाको पहुच विस्तार गर्ने सहमती

सेनाको अस्पतालमा शिवरात्रीदेखि सार्वसाधारणको पनि उपचार हुने

काठमाडौ,माघ ८ । नेपाली सेनाद्धारा संचालन भएको वीरेन्द्र सैनिक अस्पतालमा अब सार्वसाधारण नागरिकहरुले पनि बहिरंग सेवा दिने भएको छ । यसअघि उक्त अस्पतालमा सर्वसाधारणको लागि त्यो सेवा प्रदान गरिएको थिएन ।

नेपाली सेनाद्धारा संचासलत उक्त अस्पताल श्रा्तका अनुसार फागुन १३ गते शिवरात्रीदेखि सर्वसाधारणले दिउँसो साढे ३ देखि ५ बजेसम्म बहिरंग सेवा लिन सक्नेछन । उक्त दिनदेखी नेपाली सेनाले काठमाडांै बाहिरका २४ स्थानमा त्यहा भएका चिकित्सकमार्फत पनि सर्वसाधारणलाई बहिरंग सेवा उपलब्ध गराउन लागेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच विशिष्ठ व्यक्तिहरुलाई सेनाकै अस्पतालको विशिष्ठ कक्षमा उपचार गर्ने सहमति भए अनुसार अति विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्थालाई अस्पतालले छिट्टै कार्यान्वयनमा ल्याउने बताइएको छ ।

स्वास्थय मन्त्री गगन कुमार थापाले भने–‘विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लाहरुमा एनएमए, नेपाली सेना र स्वास्थ्य मन्त्रालय मिलेर सर्जिकल सुविधा सहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने कुरा भएको छ । यसको लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोगमा ल्याइने सैद्धान्तिक सहमति भएको छ ।’