लन्डनका लर्ड मेयर नेपालको चारदिने औपचारिक भ्रमणमा

राष्ट्रपतिदेखी उच्च राजनीतिक नेतासम्म भेट गर्ने

काठमाडौँ,माघ ८ । नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु्याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म आज नेपाल आउने भएका छन ।

सम्बन्ध बिस्तारको क्रममा चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनलागेका एन्ड्रयु पार्मको आज अपराह्न नेपाल आउने बताइएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्नुभएका उनी उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिन्न छन ।

गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उहाँलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन ।

राष्ट्रपतिदेखी उच्च राजनीतिक नेतासम्म भेट गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।
यहाँ रहँदा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने छन ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उनले भेट गर्ने कार्यक्रम छ ।