नेपालगंजमा श्रीमानले आफ्नै श्रीमतीको शरीरमा आगाएर फरार

घाइतेको अवस्था गम्भीर,उपचारको लागि आर्थीक समस्या

नेपालगंज,माघ ८ । बिहीबार राती करिब ९ बजेतिर नेपालगन्ज–१२ बाके गाउको खड्गन पुरवामा श्रीमानले आफ्नै श्रीमतीको शरिरमा आगो लगाएर हत्याको प्रयास गरेका छन ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमका अनुसार २५ बर्षिय राजेन्द्र खटिकले आफ्नी श्रीमती २२ वर्षीया अनिशा खटिकको शरीरमा आगो लगाएका हुन । आगो लगाएर फरार भएका उनको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेमा यो भन्दा पहिले पनि श्रीमतीको शरीरमा आगो लगाउने खालको घटना घटेका थिए,धेरै पछि पुर्न त्यसको पुनरावृत्ति भएको छ ।

प्रहरीका अनुसार साझँ खाना खाने क्रममा पारीवारिक विवाद बढेपछि राजेन्द्र खटिकले बलिरहेको टुकी खन्याएर श्रीमतीको शरिरमा आगो लगाएको बुझिएको छ ।

प्रहरी निरीक्षक गौतमले भने–‘ विहीबार साझँ ८ः५५ बजे तिर घटना लगत्तै उनको चिच्याहट सुनेर छिमेकीहरु उद्दारका लागि पुगेका उनको घरमा पुगेका थिए । स्थानीयले उनको शरीरमा लागेको आगो निभाउन नसकेपछि पुगेका प्रहरी हवल्दारले महिलामा लागेको आगो नियन्त्रणमा गरेका थिए ।

घाइते महिलालाई प्रहरीले उद्धार गरेर उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्याएको थियो । अस्पताल श्रोतका अनुसार घाइते महिलाको टाउको, अनुहार, छाती र हात आगोले जलेको छ , उनको स्थिति अझै चिन्ताजनक रहेको छ ।

करिब ३ बर्षअघि विवाह गरेका खटिकले श्रीमतिको काखमा रहेको डेढ बर्षको बच्चालाई आफुतिर तानेर श्रीमतिमाथि आगो लगाएको स्थानीयहरुको अनुमान छ । स्थानीयका अनुसार बच्चालाई आगोले क्षति गरेको छैन ।

लामो समय वैदेशिक रोजगारमा रहेका खटिकले नेपाल फर्किएदेखी श्रीमतिसग खटपट गर्ने गरेको पारीवारीक श्रोतबाट खुल्न आएको छ ।

घाइतेको अवस्था गम्भीर,उपचारको लागि आर्थीक समस्या

भेरी अञ्चल अस्पताल नेपालगंजले हरपल नेपालसँको कुराकानीमा घाइते खटिकको स्वास्थ्य अवस्था अझै गम्भिर भएको बताएको छ ।
अस्पताल श्रोतका अनुसार उनको शरिरका विभिन्न भागहरु आगोले डढेको छ,थप उपचारको लागि काठमाडौं लैजान सल्लाह दिइएको छ ।

भेरी अस्पताल नेपालगंजले उनलाई काठमाडौं रिफर गरेपनि घाइते परिवारसँग आर्थीक समस्या भएकाले उनलाई त्यहि राखिएको बताइएको छ ।
उपचारका लागि आर्थीक समहयोग गरिदिन घाइतेका आफन्तहरुले संघ,संस्था र व्यतिहरुसँग आग्रह गरेका छन ।