भोली माओवादी केन्द्रकी प्रवक्ता भुषाल,बैद्य र विप्लव एकै मंचमा

कार्यकर्तामा खुशीयाली,राजनीतिमा विशेष अर्थ

काठमाडौं,पुस २८भोली काठमाडौंमा आयोजित एक कार्यक्रममा तीन माओवादी घटकका नेताहरु एकै मंचमा उपस्थित हुने भएका छन ।

कालजयी योद्धाहरु नामक पुस्तकको सार्वजनिककीरण गर्न आयोजित कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरण,नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लव र माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल वक्ताको रुपमा एउटै मंचमा उपस्थित हुने भएका हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हुने उक्त पुस्तक सार्वजनिक कार्यक्रममा धेरै पछि जनयुद्धबाट आएका तीन प्रमुख माओवादी घटकका नेताहरुको एकै मंचमा भेट हुन लागेको छ ।

विप्लव र बैद्यले संसदीय राजनीतिको बिरोध गर्दै आन्दोलन र क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखेको बेला सत्ताको बागडोर समोलेको मुख्य दल माओवादी केन्द्रसँगको सम्बन्ध चिसिदै गएको थियो ।

तीन माओवादी घटका नेताहरु धेरैपछि एउटै मंचमा सँगै उपस्थित हुने खबरले कार्यकर्तामा खुशीयाली छाएको देखिन्छ, र यसलाई राजनीतिक रुपमा विशेष अर्थमा समेत हेरिएको उनीहरु बताउँछन ।

सहिद रचना प्रकाशन केन्द्रको आयोजनामा हुने उक्त पुस्तक सार्वजनिकको कार्यक्रम दिउस १२ बजे हुने बताइएको छ ।