पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

चितवन,पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनका लागि आफु सकारात्मक रहेको बताएका छन । पृथ्वी जयन्तीमा सार्वजनिक विदादिने विषयमा सबैको सहमति खोज्न आफुले प्रयास गर्ने प्रधानमन्त्री प्रचण्डले आज बताएका छन ।

पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री प्रचण्डले त्यसको पूर्वसन्ध्यामा आफूले पहल गर्ने कुरा बताएका हुन ।

चितवनको भरतपुर उमपहानगरपालिकाको तेस्रो नगरपरिषद उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई जाने र उनको भूमिकालाई आफुले सकारात्मक रुपमा लिएको बताए ।

पृथ्वी जयन्तीमा विदा दिनेबारे दुईपटक मन्त्रिपरिषदमा पनि कुरा भएको भन्दै प्रचण्डले भने –‘‘सबैसँग छलफल गरी यो विषयलाई सर्वमान्य बनाई घोषणा गर्न प्रयास गर्छुु तर म एक्लै यो निर्णय गर्न मिल्दैन ।’

उनले दोस्रो जनआन्दोलनताका पृथ्वीनारायण शाहको शालिकहरु ढाल्ने कार्य गलत भएको भन्दै आफूले ेत्यसता कार्यहरु गर्न कार्यकर्ताहरुलाई निर्देशन नदिएको प्रष्ट पारें ।

राज्य विस्तार गरे की राष्ट्रिय एकताको नेतृत्व गरे भन्ने विषय यतिबेला वहसको रुपमा उठेको भन्दै उनले अडाडि भने–‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’