लोकमान कार्कीलाई कालो मोसो दल्ने विप्लवका कार्यकर्तालाई एक महिना जेल सजाय हुने

काठमाडौं,पुस २५  । अदालत हातामै पुगेर कडा सुरक्षा घेराबीच लोकमानसिंह कार्र्कीलाई कालो मोसो दल्ने विप्लव माओवादीका दुई जना कार्यकर्ताहरुलाई सर्वोच्च अदालतले आज एक महिनाको जेल सजाय सुनाएको छ ।

आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले उनीहरुलाई एक महिना कैदको सजाय सुनाएको हो ।

गत पुस ८ गते अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्रप्रकाश बुढाले कार्कीलाई भ्रष्टाचारी भन्दै कालो मोसो दलेका थिए ।

कालो मोसो दले लगत्तैदेखी उनीहरुले मानहानी र अपमान गरेको आरोपमा प्रहरीले थुनामा राखेर अनुसन्धान प्रकृया चलाउदै आएको थियो ।

भष्टाचारको आरोपमा आफ्नो बयानको लागि अदालत पुगेका कार्र्कीलाई अखिल क्रान्तिकारीका शाही र बुढाले पुस ८ गते कालो मोसो दलेका थिए ।

दालत हाताभित्रै भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका उनीहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको थियो ।

यस विषयमा लोकमान सिंह कार्कीले भने विज्ञप्ति निकालेरै ‘उनीहरु कारिन्दा हुन छाड्दिनू’ भन्ने प्रतिक्रिया दिएका थिए । तर अदालतले आफ्नो कानूनि प्रकृया पुरा गर्दै आज त्यस्तो निर्णय सुनाएको हो ।