विप्लव माओवादीको गुल्मीको रेसुङ्गा नगर सेक्रेटरीमा मुक्ति गैरे

गैरे भन्छन–‘क्रान्तिका लागि जनताहरु संगठित हुदैछन’

गुल्मी,पुस २५ । विप्लव निकट नेकपा माओवादी गुल्मीको रेसुङ्गा नगरपालिकाको अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ । गुल्मी जिल्लाको सदमुकाम तम्घासको सभा हलमा भएको भएको उक्त अधिवेशन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका १५ वडाहरुबाट सयौंको सख्यामा प्रतिनिधि तथा परिपेक्षकहरु आएका थिए ।

नगर भेलाले मुक्ति गैरेको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ । नवनिर्वाचित नगर सेक्रेटरी गैरे अखिल क्रान्तिकारीको गुल्मी जिल्ला अध्यक्ष समेत हुन ।

लामो समयदेखी माओवादी आन्दोलनमा संक्रिय गैंरेले नगर भेलालाई सम्बोधन गर्दै एकाध माओवादी नेतृत्वले आत्मसर्पण गरेपनि क्रान्तिको लागि जनताहरु फेरि संगठित हुदै गएको बताएका थिए ।

उनले भने–‘हिजो जुन वाचा कसम खाएर माओवादी आन्दोलनमा होमिएका थियौ, ति कसमहरु पूरा हुनै लाग्दा हिजो माओवादी जनसत्ताको केन्द्र रोल्पा थवाङ्ग साँमु एमाले,काँग्रेस सहितका ७ दलहरु लम्पसार पर्न आए र माओवादी नेतृत्वलाई सिंहदरबारमा हुलिदिए । माओवादी आन्दोलनको बलिदानलाई भुलेर आज प्रचण्ड,बादल,अनन्तहरु माओवादी आन्दोलनलाई बीच बाटोमा छोडेर दलालको रङ्ग मंचमा पुगेका छन । खसिको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने ठाउँको ध्वस्त बनाएर मात्र मुक्ति सम्भव छ भन्दै हामीलाई युद्धमा होम्याउने तत्कालिन नेताहरु त्यहीँ ठाउँमा किन पुगे ? जनताको बलिदानलाई भर्याङ बनाएर तपाईहरु जसरी सिढी चढ्नुभएको छ,जनताले तपाईलाई फेरी भुईमा पछार्न द्दघन सक्छन,विचार गर्नुस ।’

उनले अहिलेको राष्ट्रिय समस्या समाधानको नेतृत्व गर्न दलहरु असफल भएको भन्दै दुई दशक नेपाली माओवादी आन्दोलनको अनुभव र बिश्व कम्युनिस्ट आन्दोलनको अनुभवका आधारमा अघि सारीएको एकीकृत जनक्रान्तिकोले नै सबै समस्याको समाधान गर्ने बताए ।

आफ्नो पार्टीका नेता,कार्यक्रता प्रति सरकारले बिना कारण फसाउने,मुद्धा लगाउने र दमनमा उत्रिने काम नरोकेमा बाध्य भएर जनताले लालरक्षक दल खडागरी आम राष्ट्रवादी,देशभक्ति,राष्ट्रप्रेमीहरुलाई संगठित गर्दै प्रतिकारमा उत्रिनुको विकल्प नभएको उनले बताए ।

उक्त नगर अधिवेशनमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला संयोजक सीता भुसाल,राष्ट्रिय युवा जनस्वयम सेवकका जिल्ला ईन्चार्ज खिम खड्का,जिल्ला जनसरकार प्रमुख गोविन्द बहादुर विक आकाश,अतिथि बिष्णु पंन्त लगाएतको उपस्थिती थियोे ।

प्रमुख अतिथी बिष्णु पंन्तले कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनताको बिचमा एकीकृत जनक्रान्ति मार्फत दलाल संसदीय सत्ताको शोषण तहन नहस गर्न सकिने विचार राखेका थिए । उनले स्वाभिमानी नेपाली जनताहरुले छिट्टै राष्ट्रिय मुक्ति युद्ध मार्फतमा स्वाधीन जनगणतन्त्र नेपालको निर्माण गर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथी तथा माओवादीको जिल्ला जनसरकार प्रमुख गोविन्द बहादुर विक आकाशले आफुहरुले माओवादी जनसत्ता मार्फत नयाँ जनवादी सत्ताको अभ्यास गर्ने बतए ।

उनले मजदुर,किसान,दलित सबै वर्गहरुलाई समेटेर समाजवादी सत्ताको लागि नेपाली मौलिक एकिकृत जनक्रान्ति अघिबढेको तर्क गरे । उनले अबको आन्दोलनले नेपालको इतहिासमा विशेष महत्व राख्ने बताए । उनले अबको आन्दोलनले नेपालको इतहिासमा विशेष महत्व राख्ने बताए ।