केकी र बेनिशाको भिडन्त,अगाडि को आउछ हेर्न बाँकी

आउदो साता ‘लभ साशा’ प्रदर्शनमा

काठमाण्डौ,पुस २५ । अभिनेत्री केकी अधिकारी र बेनिशा हमाल मिल्ने साथी पनि हुन तर चलचित्र अभिनय कलाकारीतामा भने दुई जनाको बीचमा भिडन्त हुने भएको छ ।

म्युजिक भिडियो हुदै स्वर फिल्म मार्फत यी दुइले एकसाथ डेब्यु गरेका थिए । यी दुइको मित्रता अहिले सम्म पनि कायम नै छ तर मात्र फिल्मको पर्दामा यी दुइको भिडन्त हुने पक्का भएको छ ।

आउदो साता प्रदर्शनमा आउने फिल्म ‘लभ साशा’मा केकी लिड एक्ट्रेस छिन भने किङमा बेनिशा लिड छिन ।

यी दुइको फिल्म संवत पहिलो पटकसंगै प्रदर्शनमा आउदैछ । यस अघि यी दुइले एक अर्काको फिल्म हेर्न सामाजिक सञ्जाल मार्फत आग्रह गर्ने गर्थे तर यसपटक यी दुइ आफ्नै फिल्मको पब्लिसिटीमा लागेका छन ।

लभ साशामा केकीसंगै कर्मा मुख्य भूमिकामा छन । फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका छन भने निर्माता माधव वाग्ले हुन । यसैगरी किङमा बेनिशासंगै निखिल उप्रेती, अनुपविक्रम शाही मुख्य भूमिकामा छन ।

फिल्ममा लेख्न तथा निर्देशन साविर श्रेष्ठको रहेको छ । यी दुइ फिल्म नै आउदो पौष २८ बाट रिलिज हुनेछ । यी दुइ मध्यको अगाडी हुनेछ त्यो भने हेर्न बाँकी नै छ ।