राष्ट्रिय युवा अभियान ताप्लृजुङको अध्यक्षमा रामचन्द्र

५१ सदस्यीय समिति निर्वाचित

काठमाडौं,पुस २५ । नयाँ शक्ति नेपाल पार्टी निकटको राष्ट्रिय युवा अभियानले ताप्लेजुङ जिल्लाको प्रथम अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न प्रथम जिल्ला सम्मेलनले जिल्लामा कृयाशिल युवाहरु मध्यबाट ५१ सदस्य जिल्ला समिति निर्वाचित गरेको हो ।

उक्त सम्मेलनले रामचन्द्र परालाई अध्यक्षमा निर्वाचित गरको राष्ट्रिय युवा अभियानका केन्द्रीय संयोजक कमल शाहीले हरपल नेपालसँग बताए । संयोजक शाहीले राष्ट्रिय युवा अभियानले देसब्यापी रुपमा जिल्ला सम्मेलन गर्दै नयाँ र सक्षम नेतृत्व स्थापीत गर्ने अभियान चलाएको बताए ।

उनले पार्टी संयोजक डा. भट्टराईको विकास र संवृद्धीको नाराले स्थानीय स्तरमा सकारात्मक लहरको सिर्जना गरेको भन्दै आफ्नो पार्टीमा विभिन्न पार्टीमा रहेका युवाहरु संगठित भएको बताएका छन ।