विप्लव माओवादीमा देशभर महाधिबेशनको तयारीमा तिब्र

लुम्बिनि ब्युरोका सबै जिल्लाको अधिवेशन माघ पहिलो हप्तामा सकिने

रूपन्देही,पुस २५ । विप्लव नेतृत्वको नेकपा (माओबादी) रुपन्देहि जिल्ला अर्न्तगत उपमहानगरपालिका सहित छ वटा नगरपालिकाको नगर अधिबेशन सकिएको छ ।

अधिबेशनबाट बुटवल उपमहानगरपालिकामा श्याम सेन्चुरी,देबदह नगरपालिकामा मुक्ति अर्याल,सैनामैना  तेजेन्द्र थापा,सिद्दार्थनगर नगरपालिकामा योगेन्द्र यादब,तिलोतमा नगरपालिकामा बिस्नु बेलबासे र लुम्बिनि सास्कृतिक नगरपालिकामा देब नारायण मण्डल नगर सेक्रेटरीमा निबार्चित भएको माओवादीको लुम्बिनी ब्यूरोले जनाएको छ ।

माओबादीले आउँदो माघ ५ र ६ गते रुपन्देहि जिल्लाको जिल्ला अधिबेशन गर्दैछ भने यहि पुषको २६ र २७ गते नबलपरासि जिल्लाको जिल्ला अधिबेशन गर्ने निर्णय समेत गरेको जनाएको छ ।

त्यसैगरी जिल्ला अधिवेशनको तिब्र तयारीमा रहेको विप्लव माओवादीले पाल्पामा माघको ९ र १०गते,अर्घाखाचिमा २ गते, कपिलबस्तुमा ३ गते र गुल्मिमा यहि २८ र २९ गते र माघ   जिल्ला अधिबेशन सक्ने बताएको छ ।

माघ १० गते भित्र  सबै जिल्लाहरुको अधिबेशन सम्पन्न गरी पार्टीको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने निर्णय हालै सम्पन्न बैठकले गरेको बताइएको छ ।

विप्लव माओबादीले यसअघि नै फागुन 1 गते महाधिबेशनको उद्घाटन काठमाँडौ खुलामञ्चमा गर्ने र बन्द सत्रका लागि रोल्पाको थबाङ जाने बताएको छ ।