अब पेनड्राइभबाट एचआईभीे संक्रमणको परीक्षण,३० मिनेटमा पूर्णरिपोर्ट आउने

यूएसबीद्वारा गरिने जाँच सहजहुने वैज्ञानिकहरुको दाबी

बेलायतका वैज्ञानिकहरुले एचआईभीको संक्रमण परीक्षण गर्न सकिने अचम्मको पेनड्राइभको विकास गरेका छन । जसमा रगत हालेर सजिलै एचआईभी संक्रमणको परीक्षण गर्न सकेने बताइएको छ ।

बेलायतको लन्डनस्थित इम्पेरियल कलेज तथा डीएनए इलेक्ट्रोनिक्सका वैज्ञानिकहरुले संयुक्त रुपमा त्यसतो पेनड्राइभ आविष्कार गरेका हुन ।

उक्त पेनड्राइभभित्र रगतको थोपा हालेपछि पेनड्राइभलाई कम्प्युटर वा ल्यापटपमा छिराएर एचआइभी वानको मात्रा पत्ता लगाउन सकेने आविष्कारहरुले बताएका छन ।

त्यसरी परिक्षण गर्न सकिने डिभाइस एचआईभि संक्रमितहरुको उपचारमा निकै लाभदायक हुने उनीहरुले अपेक्षा गरेका छन ।

लन्डनस्थित साइन्टिफिक जर्नलमा प्रकाशित रिपोर्टअनुसार यूएसबीद्वारा गरिने उक्त एचआइभिको जाँच निकै कम समयमै गर्न सकिन्छ । उक्त रिपोर्ट अनुसार उक्त जाँचका लागि आधा घण्टाको समय मात्र लाग्दछ, त्यो समयभिध जाँचको नतिजा प्राप्त गर्न सकिन्छ ।

अहिले एचआईभी एड्सको परीक्षणका लागि उपलब्ध प्रयोगशाला परीक्षणबाट जाँचको नतिजा प्राप्त गर्न करिब तीन दिन लाग्ने गरेको देखिन्छ । जबकी यूएसबीद्धारा परिक्षण गर्दा आधा घण्टाको समय मात्र लाग्ने वैज्ञानिकहरुको दाबी रहेको छ ।

वैज्ञानिकहरुले उक्त पेनड्राइभमा ९ सय ९१ थरी रक्त समूहको नमूना परीक्षण गरेका थिए । जसमा ९५ प्रतिशत जाँचको नतिजा सही निस्कियो र नतिजा निस्किने औषत समय २१ मिनेट लागेको थियो ।

वैज्ञानिकहरुका अनुसार एचआईभि परिक्षण गर्न प्रयोग गरिने उक्त पेनड्राइभमा रगतका केही थोपा हालेपछि उक्त पेनड्राइभमा लगाइएको मोबाइल चिप ल्यापटप तथा कम्प्युटरसँग जोडिएर इलेक्ट्रोनिक सिग्नल पैदा गरिन्छ र पेनड्राइभले एचआइभी भाइरस पत्ता लगाउने काम सुरु गर्दछ ।

वैज्ञानिकहरुका अनुसार एड्स पत्ता लगाउने उक्त पेनड्राइभले चिकित्सा क्षेत्रमा ठूलो उपलब्धी प्राप्त गरेको छ, मेडिकल ल्याब नभएका दूरदराज तथा दुर्गम क्षेत्रहरुमा एड्सको परीक्षणका लागि उक्त पेनड्राइभले ठूलो सहयोग गर्ने विश्वास समेत गरिएको छ ।

यद्यपि योे पेनड्राइभ प्रविधि अहिले निकै प्रारम्भिक अवस्थामा छ र यसलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन केही समय लाग्न वैज्ञानिकहरुले बताएका छन ।

( शुक्रबार साप्ताहिकबाट साभार गरिएको )