फेसबुकले न्युज फिडुमा परिवर्तन गर्ने

फेसबुकले छिट्टै नै आफ्नो एपमा परिवर्तन ल्याउने भएको छ । कम्पनीले एपको न्युज फिडुमा परिवर्तन ल्याउन लागेको जनाएको हो ।

यो परिवर्तन एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन ।

यस नयाँ परिवर्तनमा प्रयोगकर्ताहरुले आफ्नो रुचि अनुसार न्युज फिड देख्न पाउने बताइएको छ ।
त्यसबारेमा अहिले फेसबुकले फिचरको परिक्षण भइरहेको जनाइएको छ ।

न्युजका लागि उक्त फिचरलाई प्रयोगकर्ताले रुचाउने आशा लिएको कम्पनीले लिएको जनाइएको छ ।