सरकारले सहमति गरेको बुदाहरु कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसी आपत्ति

सरकारलाई तीन हप्ते अल्टिमेटम

काठमाडौं,पुस २४ । त्रिभुवनविश्व विद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीले सरकारले आफूसँग पटक पटक सहमति गर्ने र त्यसको कार्यान्वयन नगरेको भन्दै शनिवार सहमति कार्यान्वयनका लागि तीन हप्ते अल्टिमेटम दिएका छन ।

उनले त्रिवि कार्यकारी परिषद्ले सरकारले आफुसँग गरेको सहमति विपरित रुपमा विद्यार्थी भर्ना र शुल्कसम्वन्धी आईओएम फ्याकल्टी बोर्ड लिएको भन्दै आफ्नो गम्भिर आपत्ति जनाएका छन ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले आफुसँग गरेको सहमतिको कार्यान्वयन गर्न तीन हप्ताको समय दिदै पुर्न आन्दोलनको चेतावनी दिएका हुन ।

सिनेटको निर्णय उल्टाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्न र मंसिर १९ मा भएको सम्झौताको कार्यान्वयन गर्न माग गरेका उनले गरेका छन ।
उनले काडमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजुलाई नल्याउन र वरिष्ठता, कार्यक्षमता र स्वच्छताका आधारमा पदाधिकारी चयन गर्न सरकारलाई अनुरोध गरेका छन ।

यसैबीच संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन समेत माथेमा आयोगको प्रतिवेदनको मर्म अनुकुल पारित गर्न स्मरण गराउँदै डा. केसीले विज्ञप्ति मार्फत भनेका छन–तीन हप्तामा सहमतिको कार्यान्वयन नभए राजनीतिक नेतृत्वको बेइमानी, गैर–जिम्मेवारीपन, संवेदनविहीनता र आपराधिक मानसिकता विरुद्ध सत्याग्रहसहित विरोधका कार्यक्रमहरु घोषणा गर्न हामी बाध्य हुनेछौं ।