शाही युवाशक्तिले राजतन्त्र पूर्नवहालीको मागसहित राजधानीमा लाठी जुलुस गर्ने 

पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदाको माग

 

काठमाडौं,पुस 22 । राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको दिन पुस द्दठ गते सार्वजनिक बिदाको माग सहित शाही युवाशक्ति नेपाल ९आर।वाई।पी०ले दबाबमूलक कार्यक्रम गर्ने बताएको छ ।

दरबार निकट मानिने शाही युवाशक्तिले आगामी पुस २४ गते राजतन्त्र पूर्नवहालीको मागसहित राजधानीमा बृहत्त लाठी जुलुस गर्ने भएको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदाको माग गर्दै पुस २४ गते आफुहरूले सडकबाट दबाबमूलक कार्यक्रम गर्ने जनाए ।

अध्यक्ष खड्काले सरकारले अरू धार्मिक,साँस्कृतिक पर्वका बेला जस्तै पृथ्वीजयन्तीको अवसरमा पनि सार्वजनिक बिदा गर्नुपर्ने र राजसंस्था पूर्नवहाली गर्नुपर्ने तर्क गर्दै त्यसका लागि आन्दोलन र सशक्त संघर्ष गर्न आफुहरू तयारी अवस्थामा रहेको हरपल नेपालसँगको कुराकानीमा बताए ।

आर वाई पीका अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने, “यदि दुईचार महिनाभित्रैमा गणतन्त्र खारेज गर्न सकिएन भने हाम्रो देश रुवाण्डा बन्छ ।

गत बुधबार आर।वाई।पीेले पृथ्वीजयन्ततीको पूर्वसन्ध्यामा“पृथ्वीनारायण शाह, एकतादिवस र राजतन्त्र” नामक अन्र्तक्रिया कार्यक्रमको समेत आयजना गरेको छ ।

अध्यक्ष खड्काले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभएसम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने टिप्पणी गरे ।

खड्काको सभापतित्वमाआयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित् व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपाल एकिकरणबारे खुलेर प्रशंसा गरेका थिए ।