नयाँ बर्षसँगै ‘हिटलर’ आउदै, ९७ प्रतिशत छायांकन सकियो

‘तिमी चाउमिन खाँदै, म मःम बजाउँदै’ भिडियो सार्वजनिक

मुगु जिल्लाको रारा तालमा गीतको छायांकन गर्दाको फोटो

काठमाडौं,पुस २१ । नेपाली सिने बजारमा धेरै खालका चलचित्रहरू आउने क्रम चलिरहेको छ । नयाँ बर्षसँगै सौरभ ढकालको निर्देशनमा बनेको फिल्म ‘हिटलर’ नेपाली दर्सक माझ आउने भएको छ ।

उक्त फिल्मको ९७ प्रतिशत छायांकन सकिसकेको जानकारी चलचित्रका निर्देशक सौरव ढकालले दिएका छन् | चलचित्रको अहिले काठमाडौँको केहि स्थानमा छायांकन भैरहेको छ | २०७४ सालको जेठ १२ गतेक रिलिज  हुने निर्माताले जनाएका छन ।

चलचित्रले आफ्नो छायांकनको पहिलो सेडियुल मुगु जिल्लाको रारा ताल नजिक सकेर आइसकेको छ | त्यसै गरि चलचित्र निर्माण पक्षेले उक्त छायांकनको केहि तस्बिरहरु समेत सार्वजनिक गरेको छ | सार्वजनिक तस्बिरमा हामी चलचित्रका नायक सोहित मानन्धर र नव नायिका सामिया बर्तौलालाई हामी रारा तालको नजिक रोमान्स गरिरहेको देख्न सक्दछौ | नरेश भट्टराईको शब्द र लोचन घिमिरेको संगीत रहेको उक्त गीतमा कृष्ण के अछामीले नृत्य निर्देशन गरेका छन् |

चलचित्रमा सोहित र सामिया संगै मेनुका प्रधान , अर्जुन गुरुङ , दिवश धिताल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रकी नव नायिका सामिया बर्तौलाले यसै चलचित्र मार्फत नेपाली चलचित्र जगतमा डेब्यु समेत गर्दैछिन् |

चलचित्रको कथा वस्तु प्रेम सम्बन्धमा आधारित रहेको कुरा निर्माण पक्षेले बताएको छ | निकै नै राम्रो खुराकहरुको मिश्रण गरिएको यस चलचित्रको गीत संगीत पक्षे र प्रस्तुतिलाई निर्माण पक्षेले बलियो पक्ष मानेको छ | चलचित्रको निर्माणमा आफुले कुनै पनि किसिमको कमि कमजोरी नराखेको कुरा निर्देशक सौरव ढकालले बताएका छन् |

चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् | चलचित्रको बजार व्यवस्थापनको जिम्मा काफिया फिल्म्स प्रा.लि ले लिएको छ |

प्रदर्सनीको डेट लिएसकेको उक्त फिल्मको यतिबला भिडियो भने सार्वजनीक गरीएको छ । नेपाली कथानक चलचित्र ‘हिटलर’ को गीत सार्वजनिक भएपछि धेरैले मन पराएको र राम्नो बिक्री भै रहेको बताइएको   छ ।

उक्त फिल्मको ‘तिमी चाउमिन खाँदै, म- मःम बजाउँदै’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो ।

गीतमा स्वर लोचन घिमिरे र श्रेया सोताङको छ भने शब्द पनि गायक स्वम कै छ । उक्त चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका छन् ।