नयाँ शक्ति पार्टी आगामी निर्वाचनमा पहिलो हुन्छ,अनि सत्तामा आउँछौः डा.भट्टराई

पोखरा,पुस २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हाल्न आउने र आफुहरुले सत्ता सम्हालेको पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गरेका छन ।

नयाँं शक्ति पार्र्टी नेपाल कास्कीको आयोजनामा पोखरामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भटराईले नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आपूmहरुले पत्ता लगाएको दाबी गर्दै त्यस्तो बताएका हुन ।

उनले अहिले राजनीतिक दल सत्ताको कुर्चीका लागि झगडा गरिरहेको र त्यसमै केन्दीत भएको आरोप समेत लगाएका छन ।

भटराईले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा दलहरु कुर्र्चीमा बस्नका लाुिग तछाडमछाड जस्तो गरिरहेको बताए ।

उनले दलहरुले सहमतिय राजनीतिक सिद्धान्तलाई लागु गर्न नसकेकोले देशको राजनीति अस्थिर बन्दै गएको बताए तर्क गरे ।

भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै संयोजक डा भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने आफ्नो धारणा प्रस्तुत गरे ।