भारतले आफ्नो पूर्वसैनिक प्रमुखलाई नेपालका लागि नयाँ राजदूत बनाउदैछ किन ? खुल्दैछन भित्रि रहस्य

आखिर के चाहन्छ भारत ?

काठमाडौँ,पुस २० । भारतीय सरकारले आफ्ना पूर्वसैनिक प्रमुख दलबीर सिंह सुहागलाई नेपालको लागि नयाँ राजुदूतका रुपमा पठाउने बारे आन्तरिक तयारी थालेको छ ।

नेपालका लागि लामो समय सम्म भारतीय रादूततका रुपमा रहेका रंजीत रेको कार्यकाल सकिनै लागेको बेला भारत सरकारले आफ्ना पूर्वसैनिक प्रमुख सुहागलाई नेपालको लागि रनजदूतमा नियुक्त गरी पठाउन लागेको हो । उनी हालै मात्र आर्मीको चिफबाट रिटायर्ड भएका मानिस हुन ।

पछिल्लो अवस्थामा नेपालमा चीनको प्रभाव सकारात्मक रुपमा विकास भएकोमा भारतले फेरी आफ्नो नयाँ कुटनीति नेपालमा लागु गराउनका लागि आफ्नो पूर्वसैनिक प्रमुखलाई नेपालका लागि राजदुतमा नियुक्त गर्नलागेको र त्यसबाट भविष्यमा नेपालमा त्रिपक्षिय सम्बन्धमा खतरा आउन सक्ने भन्दै अन्तराष्टिय मामिलाका विज्ञहरुले चिन्ता समेत व्यत गरेका छन ।

नेपाल–चीनबीच पहिलो पटक आगामी फेब्रअरीमा संयुक्त सैन्य अभ्यास हुने चीनले घोषणा गरेको छ, त्यसको कारण भारत यतिबेला आफ्नो नेपाल प्रभाव केहि गुमेको महशुष गर्दै तयसको पुर्ति गर्न नयाँ राजदूतको छनोटको काम आन्तरिक रुपमा गरिरहेको बुझिएको छ ।

भातरीय सञ्चारमाध्यमहरुले पनि नेपालमा चिनको प्रभाब कम गर्नका लागि भारत सरकारले अवकाश प्राप्त पूर्वसैनिक प्रमुख सुहागलाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाउने तयारी थालेको जनाएका छन ।

नवभारत टाइम्सले समाचारमा भनेको छ–पछिल्लो समय नेपालमा चीनको बढ्दो प्रभावलाई कम गर्न कै लागि सुहागलाई नेपालका लागि राजदूत बनाएर भारतले पठाउन चाहेको छ, यसबाट भारतले आफ्नो नेपाल प्रतिको प्रभाव बढाउने अपेक्षा गरेको छ ।

भारतले पूर्व सैनिक प्रमुखलाई राजदूत बनाएर नेपाल पठाउने तयारी गर्नुलाई अन्तरदेसीय सम्बन्धको हिसाबले अत्यन्त अर्थपूर्ण रुपमा लिइएको छ ।

पूर्व सैनिक सुहाग गत मंसिरमा नेपाल आएका थिए । त्यतिबेला उनले नेपाली सेनासँगको संयुक्त अभ्यासका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका अन्य राजनीतिक दलका केही नेता र पूर्वसैनिक प्रमुखलाई समेत भेट गरेका थिए ।