लोडसेडिङ हटाउने काममा अवरोध गरेको भन्दै प्रधिकरणले गर्यो तीनजना हाकिमलाई बर्खास्त

मन्त्रालय भन्छ–स्पष्टिकरण चित्तबुझेन

काठमाडौं,पुस ४ । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा मन्त्री भएर आएसँगै नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेर लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन हाकिम बर्खास्तीमा परेका छन ।

ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यहरु मनोज कुमार मिश्र, लक्ष्मण अग्रवाल, र सुरज लामिछानेलाई बर्खास्त गरेको हो ।

उनीहरुलाई यसअघि मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । उनीहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई कारबार्हि गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणबाट घिसिङलाई हटाउन उनीहरुले भित्रि खेल समेत खेलेको आरोप लागेको थियो ।