जनतालाई ढाड सेक्ने गरी गरिएको मूल्य बृद्धि तुरुन्त फिर्ता गरः विप्लव

मूल्य बृद्धिको बिरोधमा युवाहरु

काठमाडौं, पुस ४ । सरकारले आजदेखि लागुहुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विप्लव माओवादीले बिरोध जनाएको छ ।
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले मूल्यबृद्धि फिर्ता लिन आग्रह गरेका छन ।

महासचिव विप्लवले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नगरे त्यसको कडा प्रतिकार गरिने जनाएका छन ।

नेपाल आयल निगलले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल पेट्रोल र मट्टितेलमा समान साढे ४ रुपयाँ मूल्य बढाएको बिरोधमा विप्लव माओवादीले जनतालाई ढाड सेक्ने गरी गरिएको मूल्य बृद्धिको कडा बिरोध गर्ने जनाएको छ ।

विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्र्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर संघर्ष गरिरहेको बेला अवैज्ञानिक ढंगले निगमले मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन ।

उनले भनेका छन–‘तत्काल मूल्यबद्धि फिर्ता नलिइए आन्दोलन गर्छौ । सरकारले आफ्नो गलत कदम सच्चाउनु पर्दछ ।’

यसैबीच एमाले निकट युवासंघले पनि सोमबार दिउँसो मूल्यबृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गर्न लागेको छ ।