प्रतिपक्ष दलहरुले संशोधन प्रस्तावको सशक्त प्रतिरोध गर्ने

प्रस्तावको विरोधमा संयुक्त आमसभा

काठमाडौं, पुस ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य ८ दलहरुले बलजफ्ती संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजे सत्ता गठबन्धन दलहरु बिरुद्ध सशक्त प्रतिरोध बताएका छन ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबार आज बसेको प्रतिपक्ष दलहरुको बैठकले संशोधन प्रस्ताव देश र जनताको हितविपरित भएको ठहर गर्दै त्यस्तो निर्णय गरेको हो ।

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बलजफ्ती संशोधन प्रस्ताव अघि बढाइए सशक्त प्रतिरोध गर्ने ८ दलबीच समझदारी बनेको हरपल नेपालसँग बताएका छन ।

उनले संविधान संशोधन देश र जनताको हित विपरितको रहेको ८ दलको ठहर हो भन्दै ५ भनें–‘नम्बर प्रदेशमा राष्ट्रिय झण्डा बोकेर भइरहेको आन्दोलनमा सबै दलहंले ऐक्वबद्धता रहेको बताएका छन । सरकारले आफ्नो गलत कदम फिर्ता लिनु पर्दछ ।’

एमाले संसदिय दलका नेता नेम्वाङका अनुसार प्रतिपक्ष दलहरुको संयुक्त बैठकले संशोधन प्रस्तावको विरोधमा पुस १७ गते ८ दलको संयुक्त आमसभा गर्ने निर्णय भएको छ ।

संसद बैठक सोमबार दिउँसो १ बजेको लागि बोलाइएको अवस्थामा आज आफ्नो धारणा तय गर्न प्रतिपक्षी दलको संयुक्त बैठक बसेको समेत उनको भनाइ रहेको छ ।

बैठकमा प्रतिपक्षी दलहरु नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल , लोकतान्त्रिक जनजाती पार्टी , नेपा पार्टी र मधेस समता पार्टीको सहभागिता रहेको थियो ।