पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो

जनआक्रोश बढ्दै

काठमाडौँ, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी प्रतिलिटर चार रुपैयाँ ५० पैसा वृ

द्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा बनाइएको छ । यस्तै पेट्रोल र डिजेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पारिएको छ । यसअघि पेट्रोलको मुल्यो प्रतिलिटर ९७ र डिजेल र मट्टितेलको प्रतिलिटर ७३ रुपयाँ थियो ।

प्रवक्ता खनालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताए । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।