करेन्ट लागेर छुट्टा छुट्टै ठाउँमा दुईको मृत्यू

इलाम,पुस १६ । शुक्रबार इलाममा करेन्ट लगाएर माछा मार्न गएका एक युवकको आफैँलाई करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय महमाई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले हरपल नेपालसँग बताएकोे छ ।

प्रहरीका अनुसार अहिले शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइएको छ ।

त्यस्तै शुक्रबार नै झापामा नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अर्र्का एक जनाको पनि मृत्यू भएको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको हो ।

तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरी बताएको छ । त्यो शवको पनि अहिले परीक्षण भैरहेको जनाइएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीको भनाइ रहेको छ ।