अनुसन्धानका कर्मचारीको चरम दुरुपयोगः हाकिको घरमा भात पकाउँने देखी निजी काममा लगाएको खुलासा

कस्ले कसरी दुरुपयोग गर्योः नाम सहित सार्वजनिक

काठमाडौं,पुस १६ । नेपालमा गणतन्त्र र नयाँ संविधान आएपनि अधिकाशं क्षेत्रमा परम्परा र चाल चलन अझै उस्तै छन, हरक क्षेत्रमा भष्टाचार,अनियमितता र पदीय दुरुपयोग बढीरहेको देखिन्छ ।

सरकार बदलीयो,नयाँ संविधान आयो,राजा निकालिय तर निरङकुस र सामन्ती परम्परा बदलिएको छैन, यो कुरालाई राजनेताहरुको घरमा अनुसन्धानका कर्मचारीहरु भान्से राखिएको घटनाले थप पुष्टि गरेको छ ।

राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन ।

सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ ।

नेताहरुले आफ्नो पदीय दुरुपयोग गरी राजनीतिक शक्तिको आडमा अनुसन्धान विभागमा जागिर लगाउने र केहिलाई आफ्नो घरमा खाना पकाउने तथा अन्य निजि काममा लगाउने गरेको घटना सार्वजनिक भएको छ ।

नयाँ संविधानले विभागमा कर्मचारी नियुक्तिमा लोकसेवा आयोगको प्रतिनिधित्व अनिवार्य प्रतिनिधित्वको र सहमतिको व्यवस्था कायम गरेपछि सोर्सफोर्सका आधारमा नियुक्ति बन्द गरेपनि विगतमा विभागमा राजनीतिक हस्तक्षेप हुने गरेकाले कर्मचारीहरूको अहिलेसम्म दुरुपयोग भएको हो ।

राजनीतिक दलका धेरै नेताहरूको घरमा गुप्तचरका कर्मचारीहरू कार्यरत भएको देखिन्छ । नेताहरूले शक्तिको प्रयोग गरी आफ्ना कार्यकर्तालाई अनुसन्धान विभागमा भर्ना गर्ने गरेको कारण उनीहरुको दुरुपयोग बढेको बुझिन्छ । विभागबाट तलब दिलाएर दलका नेताहरूले उनीहरूलाई आफ्नो घरमा काम गराउँदै आएका छन ।

अनुसन्धानका कर्मचारीलाई घरेलु काममा लगाउने कुनै व्यवस्था कानुनमा छैन ।

राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा नियमावलीमा नेता तथा हाकिमहरूले आफ्नो कर्मचारीलाई खटाउने कुनै प्रावधान छैन । सोर्सफोर्सका आधारमा ५० भन्दा धेरै कर्मचारी सरकारको तलबमा नेता र हाकिमहरूको घरमा काम गर्दै आएका छन । करिब तीन हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागमा धेरै जनशक्तिको दुरुपयोग हुँदै आएको छ ।

कस्का घरमा कति गुप्तचर ?

अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र एआइजीहरूले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन । अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका दुईजना कर्मचारी काम गर्दछन ।

यसैगरी, पूर्वप्रमुख हरिबाबु चौधरी, गोविन्द थापा, विष्णुराज पन्त, अशोकदेव भट्टको घरमा पनि एक–एकजना अनुन्धानका कर्मचारी घरेलु कामदारका रूपमा कार्यरत छन ।

पुर्वडिआइजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ । झा मधेस छानबिन आयोगको सदस्य हुन ।
योे विषयको खबर आजको नयाँ पत्रिकामा प्रकाशीत छ ।