पूर्वराजा ज्ञानेन्द्र सहित सपरिवारले छोडेपछि,जन्मदिनमा पारस शाह एक्लै

काठमाडौं,पुस १६ । हिजो पूर्व राजा ज्ञानेन्द्रका एक माात्र पुत्र पारस शाहको ४५ औं जन्मदिन एक्लो र सुनशानमा बितेको छ । यद्यपी उनीले पहिलेका जन्मदीनहरु भने भब्यरुपमा मनाउने गरेका थिए ।

हिजो पुस १५ गते पारसको ४५ औं जन्मदिन पारीवारका सदीयको उपस्थिती नहुदा सुन्य हुन पुगेको हो ।

पुत्र पारसलाई छोडेर उनका सपरिवार थाइल्याण्ड गएपछि पारसको हिजाकोे ४५ औं जन्मदिन शुन्य भएको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका एकमात्र पुत्र पारस बाहेक उनका सबै परिवार थाइल्याण्ड भ्रमणमा निस्कीएका छन ।

नातिनातिनालाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्कीएका हुन । बुहारी हिमानी बसोबासको प्रवन्ध मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड पुगीकी थिइन ।

पूर्वरानी कोमल, नाति हृदयेन्द्र, नातिनीद्वय कृतिका र पूर्णिका पुस ४ गते थाइल्याण्ड गएका थिए । पूर्वराजा ज्ञानेन्द्र आफ्ना स्वकीय सचिव सागर तिमल्सिनालाई लिएर यही १३ गते थाइल्याण्ड गए । भ्रमणमा धीरेन्द्र पुत्रीत्रय सिताष्मा, दिलासा, र पूजासमेत गएका छन ।

करिब १५ जनाको भ्रमण टोली थाइल्याण्डस्थित आफ्नै भाडाको फ्लाटमा बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र परिवार करिब एक महिना बसाईपछि नेपाल फर्कने कार्यक्रम छ ।
यो विषयको खबर आजको नेपाल समाचार पत्रमा प्रकाशीत छ ।