गुडागर्दी र चन्दा असुलीको आरोप लागेका राईलाई प्रहरीले फरार सूचिबाट हटायो

काठमाडौं,पुस १६ । प्रहरीले फरार सूचीमा राखेका एक अभियुक्तको नाम आफ्नो सुचनापाटीबाट केही बर्षका लागि हटाएको छ ।

महानरीय प्रहरी कार्यालय अन्तर्गत उपत्यका तीनवटै (जिल्ला प्रहरी परिसर, वृत्त र प्रभाग) मा फरार सूचीमा रहेका अभियुक्तहरुको सूचनापाटीमा टासिएका जसमान राईको नाम केही वर्षका लागि हटाएको हो ।

यसअघि प्रहरीले अभियुक्त राईलाई राजधानीको ताहाचल, कालिमाटी, कलंकी र वाफल क्षेत्रलाई गुण्डागर्दीको अखडा बनाउँदै आएको भन्र्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेसँगै जसमानको नाम फरार सूचीबाट हट्ने भएको हो ।

केही महिनाअघि लागू औषध ओसारपसार तथा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो, यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशीत छ ।

यसअघि बिजुली बजारमा भएको ग्याङ फाइटमा प्रहरीको गोली लागेका २३ वर्षका जसमानले ३३ जनालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको थियो ।

प्रहरी श्रोतका अनुसार उनलाई २०७१ सालदेखि ७३ सालसम्म प्रहरीले ६ पटक पक्राउ गरे पनिउनी धरौटीमा छुट्दै आएका थिए । उनलाई गुण्डागर्दी, चन्दा असुली, कटपिट र धम्कीको अभियोग लागेको छ ।