आफ्ना गाडी चलाउन इन्धन खर्चको भन्दै घुस माग्छन प्रहरी

काठमाडौं,पुस १६ । नेपाल प्रहरीले शान्ती सेवा र सुरक्षाको जिम्मा पाएको छ तर सुरक्षा दिने निकाएले नै घुस लिने गरेमा त्यसले हाम्रो देशको कस्तो लोकतन्नत्रको संकेत गर्छ होला ?

नेपाल प्रहरीका उच्च अधिकृत देखि सुरक्षा गस्तीमा परिचालित गाडिहरु सडकमा गुडिरहेको देखिन्छ तर ति गाडिहरु गुडाउन प्रहरीले पेट्रोल,डिजल वा अन्य इन्धन कसरी जोहो गरेको छ भन्ने बारे नयाँ तथ्यको खुलासा भएको छ ।

प्रहरीका केहि उच्च हाकिम देखी जवानहरु सम्म आफ्ना सवारी साधनहरु चलाउनका लागि विभिन्न आरोपमा पक्राउ परेका मानिसहरुबाट घुस लिएर इनधनको आपुर्ति गर्ने गरेको खुलासा भएको छ ।

तीन महीनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी परेको थियो । उक्त उजुरीको प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज गेग्मी लगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजा सहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीको इन्धन खर्चको लागि पैसा मागेको खुल्न आएको थियो ।

प्रहरी प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च भने दिने गरेको थिएन, त्यही समस्या देखाउँदै प्रहरीले सहयोगको रुपमा पक्राउ परेकाहरुबाट बैधानीक तबरले घुस मागेर आफ्ना गाडिहरु सडकमा गुडाउदै आएको छ, यो खबर आजको नयाँ पत्रिकामा प्रकाशन भएको छ ।

प्रभागमा तल्लो तहका प्रहरीले पहिलादेखि नै त्यसरी स्थानीयसँग इन्धनका नाममा नगद पैसा समेत घुस लिँदै आएका थिए ।

मुलुकभरका अधिकांश प्रहरी कार्यालयको अवस्था यस्तै छ । गाडी दिने, तर इन्धन नदिने गरेका कारण धेरै प्रहरी कार्यालयले सर्वसाधारणसँग ‘घुस’ इन्धन खर्च जुटाउँछन ।

पक्राउ परेका व्यक्तिहरुसँग केही प्रहरीले इन्धनका नाममा सहयोग माग्ने गर्छन, त्यसकारण प्रहरीहरु धेरै पटक विवादमा पर्दै आएका छन । कतिपय अवस्थामा इन्धनकै नाममा नगद घुस माग्ने चलन पनि प्रहरी भित्र नभएको होइन ।