विप्लव निकट ट्रेड युनियन महासघले होटेल साङ्ग्रीलामा प्रदर्सन

श्रमिककोपुर्नबहाली नगरे कारबाहि गर्ने चेतावनी

काठमाडौं, पुस १६ । विप्लव माओवादी निकट रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले शुक्रबार होटल साङ्ग्रीलामा प्रर्दशन गरेको छ ।

विप्लव माओवादी निकट ट्रेड युनियनमा आवद्ध रहेका श्रमिक युवाहरुले होटेल साङ्ग्रीलाले बिना कारण आफ्नो संगठनमा आबद्ध रहेका कामदारहरुलाई हटाएको आरोप लगाउदै आफ्नो शक्ति प्रर्दशन गरेको हो ।

ेउनीहरुले होटेल साङ्ग्रीलाले २०७० असोज ११ गते आफ्ना ४५० जना युवा श्रमिकहरुलाई गैरकानुनी तरिकाबाट कामबाट निष्काशन गरिएको भन्दै उनीहरुलाई स सम्मान पुनर्बहालीको माग समेत गरेको छ ।

शुक्रबार होटल साङ्ग्रीलाको प्राङ्गणमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघले नारा जुलस सहित आफ्ना कार्यक्रर्ताहरुको प्रदर्शन गर्यो र अन्त्यमा होटेल हाता भित्रै कोण सभा कार्यक्रममा बोल्दै नेताहरुले निस्कासीत श्रमिकहरुलाई पुर्नवाहदी नगरीए कडा आन्दोलन गर्ने चेतावनी समेत व्यक्त गरेका थिए ।