चीसोका कारण तराईको जनजीवन कष्टकर,जाडो छल्न समस्या

नेपाली सेनाद्धारा आगो र दाउराको व्यवस्था

महोत्तरी, पुस १६ । जाडो बढेसँगै तराईका जील्लाहरुको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । तराईका अधिकाशं जील्लाहरुका चीसोसँगै बिहान पख बाक्लो कुहिरो लाग्ने गरेका कारण जन जीवन कष्टकर बन्दै गएको हो ।

तराईका पर्सा,बारा,महोत्तरी,बिरगंज,बाँके,बर्दिया,कैलाली लगाएतका जील्लाहरुमा आर्थीक रुपले विपन्न वर्गका मानिसहरुलाई जाडो छल्न अत्यनत गाह्रो भएको बताइएको छ । जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले शुक्रबार आगो र चियाको व्यवस्था समेत गरेको छ ।

तराईमा मङ्गलबारदेखि अचानक जाडो बढेपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई जाडो छल्न अन्यन्त मुस्कील भएको थियो । उनीहरुलाई मध्यनजर गर्दै जलेश्वरस्थित नेपाली सेनाको फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचोक र शङ्करचौकमा दाउरा बालेका छन ।

त्यस्तै सोही जीललाको तीनवटा स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको छ ।

केहि दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले नेपाली सेनाले स्थानीयवासीलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुको साथै चियाको व्यवस्था गरिदिएको सेनाको गणले बताएको छ ।

नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँं व्यक्ति लाभान्वित भएका छन भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीयवासीले नेपाली सेनालाई अन्य गाउ र जील्ला तिर पनि यस्ता कार्यक्रम गर्न माग गरेका छन ।