तीन दलको संयुक्त अन्तक्र्रिया, एकै मंचमा मोहन बिक्रम,बैद्य र विप्लव

राजनीतिक विषयमा गहन वहश हुने

काठमाडौं,पुस १६ । तीन माओवादी घटकहरुले अबको क्रान्ति र राजनीतिक अवस्थाबारे भोली संयुक्तरुपमा अन्तक्र्रिया कार्यक्रम गर्ने तयारी गरेका छन ।

विप्लव निकटको नेकपा माओवादीका कार्यालय सचिव समेत रहेका नेता गुणराज लोहनीले शनिबार तीन दलका शिर्ष नेतृहरुको उपस्थितीमा उक्त कार्यक्रम हुन लागेका जानकारी दिएका छन ।

भोली नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादीको संयुक्त आयोजनामा काठमाडौको नयाँ वानेश्वर स्तीत अल्फा हाउसमा दिउँसो १२ बजे अन्तक्र्रिया गरिने बताइएको छ ।

उक्त अन्तक्र्रिया कार्यक्रममा क मोहन वैद्य(किरण), क विप्लव, क चित्रबहादुर केसी, दीपक ज्ञवाली लगाएतका कान्तिकारी पक्षधर दलका नेताहरु वक्ताका रुपमा रहेको आयोजकले जनाएको छ ।