अमेरीकाले ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्यो

रुस भन्छः यसको जवाफ महंगो हुनेछ

काठमाडौं,पुस १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चुनावमा हस्तक्षेप गरेको आरोपमा ३५ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन ।

उनले अमेरिकाको आन्तरिक निर्वाचनमा हस्तक्षेप गर्नु आफ्ना लागि अस्वीकार्य भएको भन्दै ति कूटनीतिज्ञहरुलाई निकाला गरेका हुन ।

वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ ।

दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले जनाएको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिने भएको बताइएको छ ।

त्यहाँ दुई रुसी परिसर बन्द गरिने र केही स्थानमा आर्थिक प्रतिवन्ध लगाइने तयारी भएको छ ।
रुसले अमेरिकी अधिकारीहरुलाई तनाव दिएको भन्दै ओबामाले उक्त कदम उठाउएको बताएका छन ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अकमेरीकाको यो कदम गलत रहेको बताएको छ । रुस सरकारले अमेरिकी यस्तो कदमको उचित जवाफ दिने जनाउ गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले अमेरीकाको यो कदमलाई बेचैनी भन्दै त्यसको जवाफ महंगो पर्ने बताएका छन ।