युवा संघका केन्द्रीय नेतामाथि खुकुरी प्रहार,भारतमा उपचार हुदै

अपराधीलाई तत्काल कारबाही गर्न माग

काठमाडौं,पुस १५ । नेकपा एमालेनिकट रहेको युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि परीचय नखुलेको समूहद्धारा खुकुरी प्रहार भएको छ ।

बिहिबार राति नौ बजेतिर बाँकेको कोहलपुर बजारमै बुढाथोकी माथी अचानक हत्या गर्ने उद्देश्यले आक्रमण भएको थियो ।

अज्ञात समूहको खुकुरी प्रहार हुदा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि भारतको लखनउमा लगिएको बताइएको छ ।

युवा संघले हरपल नेपालसँग बताए अनुसार घाइते बुढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ । उनलाई किन र कस्ले त्यो आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन ।

ेयुवा संघले विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रहरीले घटनामा संलग्नको विशेष टोली परीचालन गरी अनुसन्धान गरीरहेको र अपराधिलाई पक्राउ गरी कुनुनी दायरामा ल्याउने बताएको छ ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले आन्दोलन गरीरहेको बेला एमाले युवा संघमाथि निरन्तर आक्रमण भइरहेको संघले जनाएको छ । केही दिनअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हतियार प्रयोग गरी हत्या भएको थियो ।