भूकम्प प्रभावित क्षेत्रको उन्नतीका लागि चीनद्धारा १५.७ अर्ब सहायता

दुबै देशका अधिकारीहरु बीच विहीबार सम्झौता

काठमाडौं,पुस १५ । भूकम्प प्रभावित जिल्लाका जनताको जीवनस्तर उन्नतीका लागि चीनले नेपाललाई १५.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिनेभएको छ ।

चीनले स्याप्रुवेशी रसुवागढी सडकको स्तरोन्तति गर्न, सिभिल अस्पतालको स्तरोन्नति तथा पुनर्निर्माण र भूकम्प पछिको पुनर्निर्माणमा खर्च गर्न एक बिलियन चिनियाँ यूआन सहयोग उपलब्ध गराउने बेइजिङमा बिहीबार दुबै देशका अधिकारीहरु बीच सम्झौता भएको हो ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार सम्झौता पत्रमा चिनियाँ वाणिज्य राज्यमन्त्री झ्याङ सियाङचेन र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हस्ताक्षर गरेका छन ।

अनुदान सहयोग कनेक्टिभिटी विस्तार, पर्यटन, ब्यापार, लगानी प्रवद्र्धन, स्वास्थ्य क्षेत्रको सुधार तथा भूकम्प प्रभावित जिल्लाको जनताको जीवनस्तर उन्नतीका लागि खर्च गरिने बताइएको छ ।