नयाँ बर्षको पहिलो साता भित्र गुगलले दुई स्मार्ट घडी बजारमा ल्याउने

यो युग विज्ञान र अविष्कारको युग हो । दिनै जसो नयाँ नयाँ प्रविधी र अविष्कार भै रहेका छन । महिनौँदेखि चलिरहेका अड्कलबाजीको वापजुद केहीसमयमै गुगलले दुई नयाँ स्मार्टवाच बजारमा ल्याउन लागेको आधिकारिक रुपमा पुष्टि गरेको छ ।
सन २०१७ को सुरुवातमै गुगलले आफ्ना दुई नयाँ स्मार्टवाच लञ्च गर्ने गुगलले जनाएको छ । एन्ड्रोइड वेयरका लागि गुगलका प्रडक्ट म्यानेजर जेफ च्यांगले द भर्जलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन ।
उनका अनुसार गुगलका नयाँ स्मार्टवाच एन्ड्रोइड वेयर २ मा चल्ने र ति अन्यत्न सुविधा सम्पन्न हुनेछन । अर्थात एन्ड्रोइड वेयर टूयुक्त यी पहिलो स्मार्ट घडी हुनेछन ।

उनका अनुसार स्मार्टवाचमा पिक्सल वा गुगलको ब्रान्डिंग हुने छैन । घडी बनाउने कम्पनी ओ इ एम को नाम ती स्मार्टवाचमा राखिनेछ ।
अनौठो कुरा के छ भने गुगलले केही समय पहिले पिक्सल स्मार्टफोनबाट ओइएमको ब्रान्डिंग हटाएको थियो । पिक्सल स्मार्टफोन एचटिसीको सहयोगमा बनाइएको भएपनि यसको ब्याकसाइडमा गुगलको लोग बनाइएको छ ।

गुगलले आफ्नो नयाँ स्मार्टफोन निर्माणको जिम्मा मोटोरोला, एलजी वा सामसुंगमध्ये एक कम्पनीलाई दिनसक्ने अनुमान गरएको छ । सन २०१७ को कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोका बेला स्मार्टवाचका लागि कुन कम्पनीसँग सहकार्य हुनेछ भन्ने कुराको खुलासा गरिने च्यांगले बनाएका छन । सिइएस आउँदो जनवरी ५ देखि ८ सम्म अमेरिकको लस भेगासमा हुनेछ ।

अड्कलबाजीहरुका अनुसार स्मार्टवाच अलग(अलग साइजमा आउनेछन् । साथै महिला र पुरुषका लागि पनि फरक फरक डिजाइनमा हुनेछन् । साथै यी स्मार्टवाचमा यस्ता केही एप्स पनि हुनेछन् जसलाई प्रयोग गर्न स्मार्टफोनको आवश्यकता पर्नेछैन । पिक्सेल स्मार्टफोनमा जस्तै एन्ड्रोइन पे र गुगल भ्वाइस असिस्टेन्ट पनि गुगलका नयाँ स्मार्टवाचमा हुने बताइएको छ । (एजेन्सी)