कम्यूनिष्ट कुराले होइन सरकार, व्यवहारमा देखाउ

माक्स,लेलिन जस्ता महान कम्यूनिष्ट नेताहरुको जीवन शैली सादा जीवन उच्च बिचारका रुपमा रहेको देखिन्छ । जीवन र ब्यवहार अनी जीवनको मूलभुत उद्धेश्य भनेको साधारण जीवनशैली समाज रुपान्तरण गर्ने सक्ने सोच, बिचार साथै स्वधिनन राष्ट्र निमार्ण गर्न सक्ने विचारहरुको सम्मान गर्दै उहाँहरुले देखाएको बाटोमा हिंड्न आबस्यक छ । माक्स, लेलिनले दिएको शिक्षा धन होईन, बिचारबाट समाज परिवर्तनका आधारहरु खाज्न सकिन्छ र समाजमा समानताको अवस्था ल्याउन सकिन्छ भन्ने हो । हाम्रा हजारौ पुस्तौ पुस्ताले पनि उहाँहरुले देखाएको समाज बदल्ने,वर्ग विहीन समाजको बाटोलाई चिन्ने छन, त्यो यात्रामा आफुलाई समर्पित गर्नेछन ।

भष्टाचार अन्तेको लागी हामीले मेहनत गर्न र पसिनाको कमाइले हाम्रो जीवन सुखी हुन्छ भन्ने बुझ्न जरुरी छ, यो शिक्षा पनि हाम्रा अग्रज महान कम्यूनिष्ट नेताहरुको जीवनीबाट राम्रारी महशुस गर्न सकिन्छ । निरन्तर समाजीक विकास र समाज रुपान्तरण गर्नु सबै भन्दा ठुलो खुशी र सन्तुष्टिको पेसा हो भन्ने मलाई लागेको छ । समाजमा हुने सबै प्रकारका भष्टाचारको खबरदारी गर्दै आफ्नो मेहनत र पसिनाको कमाईले वाँचन सिक्न जरुरी छ । सरकारले हामीले तिरेको करको दुरुपयोग गररे महंगा सेवा सुविधामा लिप्त भएको छ, हामीले उनीहरुलाई व्यवहारीक रुपमा कम्यूनिष्ट जीवनशैलि सिकाउन जरुरी पनि छ । यदि हामी असली कम्यूनिष्ट हौ भने हामीले अरुको आलोचना मात्र गर्ने होइन,सिद्धान्त र कार्यान्वयन दुबैमा कम्यूनिष्टपन देखाएको हुनुपर्दछ ।

।हाम्रो देश आज भष्टाचारको दलदलमा भासिएको छ । रास्ट निर्माण गर्ने भनि सरकारको बागडोर समालिरहेको पार्टीहरु र तिनका नेता कार्यकर्ताहरु पनि त्यसमै चुर्लुम्मै डुबेका छन । विश्वको सुन्दर देश भनेर चिन्ने आधारहरू समाप्त गर्ने कोसिस गर्दे छन । बिडम्बना देसका मालिकहरुनै जनताका दलाल साबित बन्दै गैरहेका छन । लाखौ युवालाई विदेशी भूमिमा रगत पसिना फाल्न बाँध्य बनाउने दलाल सत्ता चरित्रबाट निकास आउने वाला हामीले यो विदेसको भूमिबाट देखिराखेका छैनौ । जनतालाई झुटो विश्वासमा राखेर केही दिन सत्तामा जाने वाटो बनाएको जस्तो देखिएको छ । तर ठगेर, झुठो बोालेर अनि गरीब बस्तीहरुको पसिना खाएर सत्ताको मालिक बनेकाहरुले एक पटक आफ्नो राजनीतिक आर्दसलाई पल्टाएर हेर्न आवश्यक छ । तिमीहरु कुन स्कुलिङ र कुन विचारबाट आएका हौ ? आफैले आफुलाई समयर्म चिन नभए सर्वहारा नेपाली जनतालाई तिम्रो परीचय लेखिदिनेछन ।

भ्रष्टाचार आजभोली हाम्रो नेपालको एउटा साझा समस्याका रुपमा बढीरहेको छ । भ्रष्टाचार एउटा सामाजीक चुनौती पनि हो,जसको प्रभावले आम जनताले बिकास,निर्माण,रोजगारी, शिक्षा,स्वास्थ्य,गाँस,बाँस ,कपास आदीको समस्या भोगीरहेका छन । राजनैतीक अनि वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने गरेको छ । समाज सेवा को नाममा मान्छेहरुमा बढ्दो धन कमाउने लालसाले समाजमा नैतिकताको खडेरी परेको प्रष्ट देखिएको छ । गैरकानूनी तरीकाले छोटो समयमा मोटो कमाउने चलनले भ्रष्टाचारलाई एक हदसम्म मलजल पनि गरिरहेको छ । देशको आर्थिक अवस्था धरासायी भएको छ । राजनीतिक शासन व्यवस्थालाई कमजोर अबस्थामा पुगेको छ ।

वास्तवमा जनता लाई चाहिएको सुशासन राज्यले महशुस गराउन सकेको छैन । हामीले चुनेर पठाएका प्रतिनिधीहरु संसदमा गएर राज्यकोष मात्र रीत्याउदै छन, सरकारी सुविधाको दुरुपयोग र भ्रष्टाचारमा लिप्त भएका छन । आम जनताको चुनाव र संसदीय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै गएको छ त्यसको कारण तिनीहरुको जीवन शैलिनै मुख्य हो ।

मान्छेहरुमा मानवता,प्रेमी सोच विचार,चिन्तन नैतिकता अनि लोभ लालसा बिनाको साधारण जीवनशैली सडेरी परेको छ । सरकारले आफ्नो मात्र होइन नेपालको तराई,पहाड र हिमालका दुर्गम गाउ अनि बस्तीका जनताको बारेमा पनि चिन्ता लिनु पर्दछ । आफुले महंगो रेष्टुरेन्टमा विदेसी दारुमा पैसा बगाइरहदा एक पटक सोच्नु पर्दछ मेरा देसका नागरीकहरु एक छाक खान नपाएर विदेसीको गुलाम गर्न बाध्य छन । उनीहरुले सोच्नु पर्दछ देशको सम्पतीमा मोज गर्न होइन मलाई यो देशको विकास र संवृद्धीको लागि जनताले पठाएका हुन भनेर । तर यहाँ यो सबै सोच्ने फुर्सदनै पो कहाँ छ र ? सबै बेस्त छन क्यास र गद्धीमा ।

हाम्रो देश नेपाल राजीनति दलदलमा फसेको छ, सर्पले काँचुली फेरेझै हरेक ९ महिनामा सरकारको काचुली फेर्दै पालै पालो राज्यको ढुकुटी खाली गर्ने संस्कार बसालेको देखिन्छ । देश खोक्रो अबस्थामा पुराएका छन, तर सरकारका मालिकहरु भने मोटाउदै गएका छन, जनता औषधि नपाएर मरिरहेका छन । जनतालाई सिटामोल खाने एक पैसा छैन, तर हाम्रा जनताका नेताहरु तलब भत्ता बढाउदै छन । विकासका मेरुदण्ड मानिने युवा जनशक्ति लाई विदेश पठाएर कस्तो समुन्नत नेपाल बनाउने खोक्रो रास्टवादी दर्सन बोकेका छन नेताहरुले ? यसरी दिन प्रतिदिन नेपाली युवालाई विदसी भुमिमा बेच्दै जाने र आएको रेमिट्न्सबाट आफु मोटाउने प्रवितीको अन्त्य हुन पर्छ अब । मन्त्री र तीनका आसेपासेको मात्र होइन यो देश, एक दुर्गम गाउँको सुकुम्बासीको पनि हो । अब आखाँ खोलेर न्यायीक सेवा वितरण गर नत्र अबको जनताको शक्तिले सबै प्रवितिहरुको अन्त्य हुने दिन कुरीरहनु पर्दैन ।

हाम्रो देशका शासकहरुलाई के थाहा गरिब नेपाली जनताले आफ्नो जीवन कसरी चलाएका छन भनेर ? किनारमा गिट्टि र बालुवा चाल्ने मजदुरको स्वास्थ्य र खानाको अवस्था कस्तो छ, के थाहा तिनीहरुलाई ? अभावमा एक छाक भोकै बस्दाको पीडा कस्तो हुन्छ अनी उपचार गर्न पैसा नभएर अाँखै अगाडि परीवारका सदस्यको मृत्यू कुरेर बस्दाको चोट कस्तो हुन्छ सायद थाहा छैन । थाहा त होला तर यतिबेला उनीहरु काठमाडौंका बासीन्दा भैसकेका छन, उनीहरुले रोल्पा,रुकुम र दुर्गम गाउँलाई धेरै हदसम्म बिर्सिदै गएका छन । यहि हो गैर कम्यरुनिष्ट व्यवहार ।

एक पटक हाम्रा महान कम्यूनिष्ट नेताहरुको जीवन शैलीलाई पल्टाएर अघि बढ्नुस सरकार । हामी सामन्तवादसँग हारेका छैनौ अनि देश भित्रका छोटे महाजनहरुसँग डराएका पनि छैनौ हामी त सुध्रिन अवसर दिएका छौ । तर समयको महत्व बुझ्न नसक्दा जनताले माफि दिइरहन सक्दैनन । जनता सधै शासीत मात्र हुदैन,आफै शासन गर्न पनि हिम्मत राख्छन । अब त्यहि आन्दोलन हुने देखिन्छ, जनताको शासन, समानताको अध्यास । एकिकृत क्रान्तिको आन्दोलन ।

 

  • ओली नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाका महासचिव हुन ।